सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पोखरामा संस्कृतबाहेक पाँच क्याम्पसमा संगठन दर्ता

पोखरामा संस्कृतबाहेक पाँच क्याम्पसमा संगठन दर्ता


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८१, सोमबार

धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा संगठन दर्ता गर्न जानुअघि सामूहिक तस्बिर खिचाउँदै अनेरास्ववियका विद्यार्थीहरु । तस्बिर : ढोरपाटन

पोखरा/आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनका (स्ववियु) लागि पोखरामा कुल ६ मध्ये पाँच क्याम्पसमा विद्यार्थी संगठन दर्ता भएका छन् । स्ववियु निर्वाचन समितिले सोमबार देशभर स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०८१ का लागि संघ, संगठन, संयुक्त प्यालन वा समूह दर्ता गर्ने कार्यक्रम तोकेको थियो ।
गण्डकी प्रदेशकै ठूलो पृथ्वीनारायण क्याम्पस (पिएन) पोखरामा सबैभन्दा बढी १२ विद्यार्थी संगठन दर्ता भएका छन् । पिएनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु), प्राज्ञिक विद्यार्थी परिषद, नेपाल, नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल (क्रान्तिकारी) वहुमत, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल (छैठौं), अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दर्ता भएको निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए ।
यस्तै पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) मा पाँच संगठन दर्ता भएका छन् । दर्ता हुनेमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) रहेको निर्वाचन अधिकृत दीपक थापाले जानकारी दिए । जनप्रिय बुहमुखी क्याम्पसमा ६ वटा संगठन दर्ता भए ।


धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा संगठन दर्ता गर्न जानुअघि नारा घन्काउँदै नेविसंघका विद्यार्थीहरु । तस्बिर : ढोरपाटन

निर्वाचन समितिका सदस्य एकनारायण अर्यालका अनुसार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत र अखिल क्रान्तिकारी समाजवादी दर्ता भएका छन् । वन विज्ञान अध्ययन संस्थान पोखरामा चार संगठन दर्ता भए । निर्वाचन अधिकृत रामप्रसाद शर्माका अनुसार नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु समाजवादी दर्ता भएका छन् । पोखरा नर्सिङ क्याम्पसमा दुई संगठनमात्रै दर्ता भएका छन् । निर्वाचन अधिकृत शारदा शर्माका अनुसार नेविसंघ र अनेरास्ववियुले मात्र दर्ता गराएका छन् । सोही समयमा हुँदै आएको संस्कृत विश्वविद्यालयअन्तर्गत पोखरामा रहेको विन्दुवासिनी संस्कृत विद्यापिठ (क्याम्पस) मा भने निर्वाचनका लागि कुनै गतिविधि भएनन् । केन्द्रमा निर्वाचन समितिका लागि कार्य भइरहेको र विश्वविद्यालयबाट कुनै पत्र नआएकाले कुनै कार्य नभएको विद्यापिठ प्रमुख आनन्दमणि रिजालले जानकारी दिए । नेपाल संस्कृत विश्वविद्यालयबाट पत्र आएपश्चातमात्रै निर्वाचनका लागि सबै प्रक्रिया सुरु हुने उनको भनाइ छ ।
आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा सोमबार अपराह्न तीन बजेसम्म संघ÷संगठन दर्ताको कार्यक्रम राखिएको थियो । अब फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गते तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ । दुवैतर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध फागुन २८ गते का लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै फागुन २९ गते दुवैतर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय रहेको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । चैत ५ गते बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->