सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका म्याग्दी जिसस प्रमुख थापा निलम्बित, पार्टीको ३ महिने अभियान प्रभाबकारी बनाउने

सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका म्याग्दी जिसस प्रमुख थापा निलम्बित, पार्टीको ३ महिने अभियान प्रभाबकारी बनाउने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

पोखरा/ ने क पा (एमाले) ले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीको विभिन्न पदमा कार्यरत नेता कार्यकर्तालाई निलम्बन गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा सम्पन्न एमाले गण्डकी प्रदेश कमिटिको चौथो सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार एबम प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले बताइन ।

बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले पार्टीले संचालन गर्न गैरहेको ३ महिने अभियानलाई प्रभाबकारी र उपलब्धीमुलक बनाउने गरेर कार्ययोजना तय गरिने र त्यहि अनुसार सम्पूर्ण पार्टी पंक्ती परिचालित हुनुपर्ने बताए । गुरुङले पार्टी सरकारमा रहेको अबस्थामा पार्टीका बिरुद्दमा गरिएका कुप्रचार र अफवाहहरूको प्रतिकार सहित सबल पार्टी निर्माणमा लाग्न आग्रह समेत गरे । बैठकले पार्टीले संचालन गर्न गैरहेको ३ महिने अभियानको सन्दर्भमा तयारी तथा जिम्मेबारी बाँडफांड समेत गरेको प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जानकारी दिए ।

बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्ब उपसचिव समेत रहेका प्रदेश कमिटी सल्लाहाकार परिषद सदस्य तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागे सम्मकालागि पार्टीको जिम्मेबारीबाट निलम्बन गर्ने निर्णय गरेको हो । बैठकमा सो पार्टीका बागलुङ जिल्ला अध्यक्ष हिराबहादुर के सी, लमजुंग अध्यक्ष राजकुमार बिष्ट, गोर्खा अध्यक्ष सुरेन्द्र थापा, तनहुँ अध्यक्ष हरिराज कंडेल, पर्बत अध्यक्ष गोबिन्द पहाडी, म्याग्दी अध्यक्ष बालकृष्ण सुबेदी, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री सहितका जिल्ला अध्यक्षहरूले आआफ्नो जिल्ला कमिटीको गतिबिधि र कार्यक्रमहरूको सन्दर्भमा प्रकाश पारेका थिए । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->