सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

प्रदेशस्तरीय स्काउट बेसिक ट्रेनिङ कोर्ष तालिम सकियो

प्रदेशस्तरीय स्काउट बेसिक ट्रेनिङ कोर्ष तालिम सकियो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

पोखरा/पर्वतको महाशिला गाउँपालिकामा गण्डकी प्रदेशस्तरिय स्काउट बेसिक ट्रेनिङ कोर्षको तालिम समापन भएको छ ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना, प्रदेश स्काउट कार्यालय पोखराको व्यवस्थापन र स्थानिय स्काउटको कार्यालय महाशिलाको समन्वयमा फागुन १५ देखि सुरू भएको ५ दिने आवासिय बि.टि.सि. तालिमको मंगलबार समापन भएको हो ।
तालिममा पर्वत, बाग्लुङ, म्याग्दि र कास्कीका विभिन्न विद्यालयहरूमा अध्यापनरत ३२ जना शिक्षकहरूको सहभागिता रहेको स्थानिय स्काउट आयुक्त भवराज शर्माले बताए । यसका अतिरिक्त महाशिला गाउँपालिकाभित्र स्काउट कार्यक्रम सञ्चालन रहेका ३ ओटै विद्यालयका स्काउट विद्यार्थिहरू समेतलाई प्रशिक्षण दिईएको छ ।
स्काउट तालिम राजमार्गको पहुँच भएको स्थानमा मात्र हुँदै आएकोमा गण्डकी प्रदेशमै पहिलोपटक सदरमुकाम तथा राजमार्गको पहुँचबाट टाढाको महाशिला गाउँपालिकामा यो चालिम आयोजना भएको हो ।
गाउँपालिकाका ८ ओटा माध्यमिक विद्यालयमध्ये हालसम्म ३ ओटा माध्यमिक विद्यालयमा स्काउट कार्यक्रम सुरू भएको र आगामि शैक्षिक वर्षहरूमा बाँकि विद्यालयमा समेत स्काउट विस्तारका लागि आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष ईश्वरी प्रसाद भुसालले बताए ।
सोही अवसरमा गाउँपालिकाका शिक्षा शाखाका नारायण गौतम र प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयलाई मानार्थ स्काउटको रूपमा दिक्षित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->