सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

भूमिहीनको समस्या समाधान गर्न माग

भूमिहीनको समस्या समाधान गर्न माग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

पोखरा/राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार आयोजित भूमि समस्या समाधान आयोग कास्कीका प्रमुख बैनबहादुर गुरुङलगायत सदस्यहरुलाई बधाइ दिएको छ । बधाइसँगै मञ्चले समस्या समाधान नभए आन्दोलनमा जाने चेतावनी पनि दिएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमिअधिकार मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले राजनितिक दलको भूमिहीनलाई गोटीको रुपमा प्रयोग गरिएको भन्दै अब सुकुम्बासीको समस्या हल नगरे सबै पार्टीका नेताहरुको घरमा, अफिसमा, नगरपालिका, वडा सबै निकायमा आन्दोलन गर्न वाध्य हुने बताएका थिए ।
भूमि समस्या समाधान आयोग कास्कीका बैनबहादुर गुरुङले भुमिहिन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित वसोबासीहरुको समस्याहरुको बारेमा जानकार रहेको वताउँदै तथ्य र प्रमाणको आधारमा टेकेर राज्यले दिएको निति नियमको अधिनमा रहि आफ्नो कर्तव्य निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->