सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एमालेको जरा केन्द्रित अभियान पालिकाहुँदै वडादेखि टोलसम्म

एमालेको जरा केन्द्रित अभियान पालिकाहुँदै वडादेखि टोलसम्म

फागुनदेखि चैत मसान्तसम्म चल्ने अभियानको एमालेका महासचिव शंकर पोखरेलले भोलि उद्घाटन गर्ने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८१, बुधबार

बागलुङ/नेकपा एमालेका महासचिव शंकर पोखरेल बिहिबार बागलुङ आउने भएका छन् । नेकपा एमाले बाग्लुङको आयोजनामा वडा केन्द्रित पार्टी निर्माण अभियानको अभिमुखिकरण कार्यक्रममा महासचिव पोखरेल बागलुङ आउन लागेका हुन् ।
पार्टीको सञ्चालन गर्ने जरा केन्द्रित अभियानको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको एमाले बागलुङले जनाएको छ । वडा र टोल तहमै पार्टीका गतिविधिलाई अगाडि बढाउने पत्रकार सम्मेलनमा जनाइएको छ । एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले जरा केन्द्रित अभियानको उद्घाटन गर्न महासचिव पोखरेल बागलुङ आउन लागेको र सम्पुर्ण तयारी समेत पुरा भएको बुधबार पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी दिए ।
वडाको जरा केन्द्रित अभियानलाई अघि बढाउन पार्टीले १० स्थानीय तहमा पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम, फागुन मसान्तभित्र वडास्तरीय अभिमुखीकरण र चैत मसान्तभित्र टोलसम्म अभिमुखीकरण कार्यक्रम गर्ने अध्यक्ष केसीले जानकारी दिए ।
सोही योजना अनुसार बागलुङ बजारमा जिल्ला स्तरीय पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उनले बताए । अभिमुखीकरण कार्यक्रममा सम्बन्धित भुगोलका प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी, पालिकाका निर्वाचित पदाधिकारी, वडा कमिटी अध्यक्षहरु, जनसंगठनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु, जनवर्गिय संगठनका जिल्ला अध्यक्षहरु गरी करिव एक हजार जनाको सहभागीता हुने नेकपा एमाले जिल्ला कमिटी बागलुङका सचिव गणेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->