सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्व. रामजी शर्मा राजनीतिकर्मीसंगै एक असल अभिभावक पनि : मन्त्री पाठक

स्व. रामजी शर्मा राजनीतिकर्मीसंगै एक असल अभिभावक पनि : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८१, बुधबार

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वर्गिय रामजी शर्मा राजनीतिकर्मी मात्र नभएर एक असल अभिभावक भएको बताएका छन् । स्व. शर्माको ४५ औं दिनको पुण्यतिथीको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री पाठकले रामजी प्रसाद शर्माले समाजमा पुर्याएको योगदान अमूल्य रहेको बताए ।
बाग्लुङ जिल्लाको वामपन्थी आन्दोलन र समाज रूपान्तरणमा स्वर्गीय रामजी शर्माको अतुलनीय योगदान रहेको बताउँदै मन्त्री पाठकले उहाँका सपना पूरा गर्न परिवार, समकालीन साथीभाइ तथा राजनीतिकर्मीले साथ दिनुपर्ने बताए ।
स्व. शर्माको सम्झना गर्दै मन्त्री पाठकले उहाँ एक कर्तव्यनिष्ठ, इमान्दार, सिद्धान्त र व्यवहारमा अब्बल नेता भएको स्मरण गरे । पामपन्थी आन्दोलन तथा शैक्षिक आन्दोलनमा स्व. शर्माको भूमिकाको स्मरण गर्दै मन्त्री पाठकले उहाँले देखाएको बाटोमा सम्पूर्ण राजनीतिकर्मी तथा समाजका अगुवाले दायित्व बोध गर्नुपर्ने बताए ।
श्रद्धाञ्जली सभामा नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, डा. सूर्य प्रसाद पाठक, नेकपा एमालेका जिल्ला बहादुर केसी, स्वर्गीय शर्माकी धर्मपत्नी सीता शर्मा, बागलुङ नगरपालिका वडा नं. ५ का पूर्वअध्यक्ष शिव सापकोटा, नेकपा एकीकृत समाजवादी बागलुङ जिल्ला अध्यक्ष पिङ्गलराज गौतम, नेकपा एमाले मालिका गाउँ कमिटीका गोविन्द सापकोटा, मालिका सेवा समाजका अध्यक्ष खडानन्द सापकोटा लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्वर्गीय रामजी प्रसाद शर्माले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
बाग्लुङ नगरपालिका वडा नं. ५ को कार्यालयले आयोजना गरेको श्रद्धाञ्जली सभाको अध्यक्षता हरि शर्मा र कार्यक्रमको सञ्चालन घनश्याम सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->