पोखरा/हिट एण्ड रन मुद्धामा फरार एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
एक हप्ता अघि सोमबारपोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकस्थित आदर्शचोक भित्री सडक खण्डमा प्रदलयात्रीलाई ठक्कर दिई फरार रहेका मोटरसाइकल चालक अस्विन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले साझ पौने सात बजेको समयमा भण्डारढिकका ७१ वर्षिय सस बहादुर थापालाई ठक्कर दिई फरार भएका थिए ।
मोटरसाइकलको ठक्करबाट घाइते उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको नौ दिनपछि उनलाई मंगलबार पक्राउ गरिएको हो । अस्विन पोखरा २० घर भइ हाल पोखरा २७ ज्यामिरेकुना बस्दै आएका थिए । उनीसंगै उनको ग१९प ५९९२ नम्बरको हिरो एक्स पल्स२०० समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी वसन्त कुमार शर्माले जानकारी दिए । उनी विरुद्ध ६ दिनको म्याद थप गरिएको छ ।





