पोखरा/पोखरामा जुवाको खालबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साझँ पाँच बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा गोटी प्रयोग गरी जुवा (सट्टेवाजी) खेलिरहेको चार जनालाई नगदसहित पक्राउ गरेको हो ।
प्रहरीले पर्सा विरगंज घर भइ हाल पोखरा ९ बस्दै आएका ४६ वर्षका आविद अंसारी, पोखरा २५ घर भई पोखरा ९ बस्दै आएका ३० वर्षकारामचन्द्र भण्डारी, पर्सा घरभइ पोखरा ९ बस्दै आएका ३३ वर्षका मनोजराम हरिजन र बारा कलैया घर भइ सोही स्थानमा बस्दै आएका ३८ वर्षिय साजन साहलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट जुवाको गोटी ६ थान, एक लाख ११ हजार, मोबाइल पाँच थान र ग २० प १४९६ नम्बरको मोटरसाइकल एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरु विरुद्ध सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धा दर्ता गराई अनुसन्धान भइराखेको छ ।





