सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकी प्रदेश सभा बैठकमा एमाले सांसद कार्कीको ध्यानाकर्षण- क्यामेराका लेन्सहरु छेउ र पछाडि बस्ने सांसदहरुतर्फ पनि सोझाइदिनु पर्यो

गण्डकी प्रदेश सभा बैठकमा एमाले सांसद कार्कीको ध्यानाकर्षण- क्यामेराका लेन्सहरु छेउ र पछाडि बस्ने सांसदहरुतर्फ पनि सोझाइदिनु पर्यो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद भीमबहादुर कार्कीले प्रदेश सभा बैठकको प्रत्यक्ष प्रसारणका लागि राखिएका क्यामेराका लेन्स अगाडिको २ रोको बीच भागमा मात्र केन्द्रीत भएको बताएका छन् । आजको प्रदेश सभा बैठक सुरु हुनसाथ उनले छेउमा र पछाडि बस्ने सांसदतर्फ पनि क्यामेराका लेन्स सोझाइदिन भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

‘जनताको मतले निर्वाचित भएर यस सार्वभौम संसदमा उपस्थित भएका छौ । प्रदेश भवनबाट प्रत्यक्ष प्रसारण भएको बैठकलाई हजारौ आँखा र लाखौ मनले नियालिरहेका छन्,’ उनले भने, ‘संसद भवनका क्यामेराहरु छेउमा र पछाडि बस्ने सांसदलाई देख्न सकिरहेका छैनन् । अगाडिका २ रोको बीच भागमा हाम्रा लेन्समात्र केन्द्रीत हुन्छन । मतदाताले संसद भवनमा सांसलाई खोजी गर्दा आफ्ना जनप्रतिनिधिलााई देख्न सक्ने अवस्था छैन ।’ संसदमा उपस्थित छौ भन्ने जानकारी मतदातामा पुराउन क्यामेराका लेन्सहरु कहिलेकाही छेउ र पछाडि पनि सोझाईदिने व्यवस्था मिलाई दिनुहुन भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

सभाको अध्यक्षता गरिरहेकी उपसभामुख विनाकुमारी थापाले सांसद कार्कीको भनाईप्रति ध्यानाकर्षण भएको जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->