सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल प्रेस युनियनको ‘अन्तराष्ट्रिय मिडिया समीट’बारे जानकारी

नेपाल प्रेस युनियनको ‘अन्तराष्ट्रिय मिडिया समीट’बारे जानकारी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

बागलुङ/नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गर्न लागेको ‘अन्तराष्ट्रिय मिडिया समीट’बारे जिल्ला तहमा पनि जानकारी गराइएको छ । आगामी चैत २८ गतेदेखि बैसाख १ गते सम्म संचालन हुने कार्यक्रम बारे युनियनका केन्द्रीय टोलीले जानकारी गराएका हुन् ।
बिहिवार युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष ऋषिकान्त पौडेल, महासचिव दिलीप पौडेल र कोषाध्यक्ष माधव धिताल लगायतको टोलीले बागलुङमा राजनीतिक दलका नेता, नेपाल पत्रकार महासंघ लगायतलाई जानकारी गराएका हुन् ।
नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्मा, क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मालगायतका नेता तथा महासंघका पदाधिकारीलाईपनि उक्त जानकारी गराइएको हो । यो अभियानमा कम्तिमा २० देशका पत्रकार, अन्तराष्ट्रिय पत्रकार महासंघका अध्यक्ष सहित नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु, सबै संगठनका केन्द्रीय अध्यक्ष सहित पदाधिकारी र राष्ट्रिय तथा स्थानीय संचार माध्यममा काम गर्ने क्रियाशिल पत्रकार समेत गरी १ सय ५० बढीको सहभागितामा उक्त समीट गर्न लागिएको महासचिव दिलीप पौडेलले बताए ।
उक्त समीटमार्फत काठमाण्डौ, पोखरा, लुम्ले, बागलुङ, म्याग्दी र लोमान्थाङ लगायतका स्थानको भ्रमण र पर्यटन प्रवद्र्दनकालागि रिपोर्टीङ समेत गरिने छ । साथै लोमान्थाङमा हुने कार्यक्रममा घोषणापत्र जारी समेत हुने बताइएको छ । त्यसकालागि आबस्यक पर्ने खर्च सहित यात्रालाई सुरक्षित बनाउने र फलदायी बनाउने बिषयमा केन्द्रीय टोलीले पूर्व तयारी गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले यो अभियानलाई गण्डकी प्रदेशकै पर्यटन र आर्थिक समृद्दिको आधार बारे प्रचार गर्ने र संभावना खोज्ने बिषयको बन्ने बताए । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केसीले अहिले सम्मकै ऐतिहासिक अभियान बनाउने प्रतिबद्दता जनाए ।
यसैबीच नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले पनि महासंघको साथ र सहयोग हुने बताए । महासंघका टोलीलाई स्वागत समेत गरिएको थियो । कार्यक्रम सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->