सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सांसदले गरे विकास निर्माणका कुरा

सांसदले गरे विकास निर्माणका कुरा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

पोखरा/नेपाली कांग्रेसका सांसद डिल्लीराज सुवेदीले आगलागी नियन्त्रणमा पूर्वसावधानी र पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार गण्डकी प्रदेशसभाको शुून्य समयमा बोल्दै उनले गतवर्ष प्रदेशभित्र ४६७ स्थानमा डढेलो लागेको र ८२७७ हेक्टर वन क्षेत्र प्रभावित भएको जानकारी पनि दिए । यस वर्षको हिउँदमा कम वर्षा भएको परिस्थितिमा बेलेमै डढेलो नियन्त्रणका निमित्त पूर्वसावधानी अपनाउनु पर्ने उनको भनाइ थियो ।
कांग्रेसकै सांसद टीकाकुमारी बस्यालले मध्यपहाडी लोकमार्गको लमजुङस्थित मध्यनेपाल नगरपालिकामा पर्ने रिस्ती खोलामा मोटरेवल पुल नबन्दा वर्षायाममा सडक पूर्ण अवरुद्ध हुने बताइन् । यस विषयमा पटकपटक कुरा उठाए पनि सरकारले सुनुवाइ नभएको बताइन् । लमजुङकै मजुवाबेंशी–कल्याण खण्डमा ४ वर्ष अगाडि बाढीले बगाएको सडक अहिलेसम्म नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको पनि उनको भनाइ थियो ।
एमाले सांसद देवका पहारी त्रिपाठीले पोखरा अन्तराष्ट्रिय बिमानस्थल उद्घाटन भएको २ वर्षपछि भए पनि चैत ५ पोखरा– चीनको छेन्दु र फागुन १८ देखि पोखरा–ल्हासा उडान हुने तालिका सार्वजनिक भएकोमा खुसी व्यक्त गरिन् । उनले यी दुई गन्तव्यमा उडानको निरन्तरताको लागि प्रदेश सरकाले विशेष प्रथामिकतासाथ काम गर्ने योजना बनाउन अपील गरिन् । एमालेकै भक्तबहादुर कुँवर र कांग्रेसकी रेखा गुरुङले क्षतिविक्षत भएका सडकका कारण दुर्घटना हुने भन्दै प्रदेशभित्रका सबै सडकको मर्मतसंभार गर्न सरकारको ध्यानाकर्षण गराए ।
कांग्रेसका महेश भट्टराईले स्याङजाको गल्याङ नगरपालिका–५ मोहनडाँडास्थित ठुलाखोला, छतिवन भन्ने स्थानमा ३ हजार मिटर लामो कुलो रहेकोमा पहिरोले अवरुद्ध गराएको र ८ वर्षदेखि ६ इन्च पाइपबाट काम चलाएको बताउँदै सिंचाइको व्यवस्था गर्न माग गरे । माओवादी केन्द्रकी सांसद सुशिला सिंखडाले मध्यपहाडी लोकमार्गको गोरखाको आरुघाट निबेल खण्डमा सडक निर्माण समयमा सम्पन्न नहुदा समस्या भोग्नुपरेको, वर्षौदेखि पुरानौ ज्यालामा मजदुरलाई काम लगाइएको भन्दैसरकारको ध्यानाकर्षण गराइन । एमालेका श्यामराजा महतले तनहँुको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने दुलेगौडा हर्कपुर मार्गमा प्रदेशबाट बजेट विनियोजना भए पनि काम हुन नसकेको दुखेसो पोखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->