सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

‘अपाङ्गपनलाई नहेप’

‘अपाङ्गपनलाई नहेप’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८१, बिहिबार

पोखरा/अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँचयुक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
सञ्चारिका समूह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारमाध्यमले अपाङ्गता सम्बन्धि कुनै पनि सामग्री प्रशारण गर्ने क्रममा संवेदनशील हुनुुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा कार्यालयका कार्यालय प्रमुख नितु गर्तौलाले अपाङगता भएका महिलाका सवाल निति निर्माणदेखि लिएर समाजका हरेक व्यक्तसँग जोडिएको विषय भएकोले यसलाई अभियानको रुपमा लैजानुपर्न बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेलले अपाङ्गता जसलाई पनि हुनसक्ने भएकोले अपाङ्गता भएका सबैलाई सकारात्मक व्यवहार गर्नुपर्ने बताउँदै त्यसको लागि सबैले आफ्नो सोचमा परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।
समाजशास्त्री शान्ति भुषालले अन्तराष्ट्रिय महिला दिवसको महत्व, पृष्ठभूमि र इतिहासको बारेमा सहजीकरण गर्दै महिलाहरुको अथक प्रयास र योगदानले आज यो दिवस मनाउने वातावरण सृजना भएको बताइन् ।
कार्यक्रममा सञ्चारिका समुह गण्डकी प्रदेशका कविता श्रेष्ठले अपाङ्गता भएका महिला र मिडियाको भूमिका विषयमा सहजीकरण गर्दै अपाङ्गताका सवालमा समाचार संप्रेषण गर्दा सञ्चारमाध्यमलाई संवेदनशिल हुन आग्रह गरिन् ।
अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले अपाङ्गताका अधिकार सुनिश्चितताका लागि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानुनी प्रावधानको बारेमा जानकारी गराउँदै आफ्नो हकको लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइराला र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष उमा आलेमगरको सहभागीता रहेको थियो ।
अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->