सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सडक स्तरोन्नति गर्न गाउँले जुटे

सडक स्तरोन्नति गर्न गाउँले जुटे


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८१, मंगलबार

बागलुङ/सदरमुकाम बागलुङ बजारसंग सिमा जोडिएको वडा हो तित्याङ । २७ ओटा ग्रामिण सडक रहेको तित्याङमा स्थानीय तह गठन भएको वर्षाै बितिसम्दासम्म एउटा सडक कालोपत्रे हुन सकेको छैन । वर्षायाम र चाडपर्वमा भने सडक सरसफाईको काम चलिरहन्छ । बजारसंग जोडिएको वडा भएपनि गुणस्तरीय सडक नहुँदा त्यहाँका नागरिकले यात्रा गर्दा बाह्रैमास सास्ती खेप्न विवश छन् ।
पटक पटकको आग्रहपछि पनि स्थानीय सरकारले जीर्ण बनेका सडक स्तरोन्नतिमा चासो नदेखाएको भन्दै बागलुङ नगरपालिका वडा नं. ९ तित्याङको ठुल्स्वाँराबासी सडक मर्मतमा जुटेका छन् । बागलुङ नगरपालिका र वडा कार्यालयले सडक मर्मतमा बेवास्ता गरेको ठुल्स्वाँराबासीको आरोप छ । तर, सिमित स्रोत र साधन हुने वडाले सक्दो प्रयास गरिरहेको वडा अध्यक्ष राजु थापा बताउँछन् ।
स्थानीयबासी र त्यहाँ रहेका सामाजिक संघसंस्थाबाट चन्दा संकलन गरी जेसिबी मेसिन भाडामा लिएर तित्याङको ठुल्ढुंगादेखि पाखाबारी–ठुल्स्वाराहुँदै टिमुरबोट जोड्ने सडक मर्मत गर्न थालिएको स्थानीय उपभोक्ता अर्जुन थापाले जानकारी दिए ।
तित्याङको स्वास्थ्यचौकी अड्डाँडा, खानीगाउँहुँदै डोयसम्म जाने सडकको (खोलाटे) खण्ड र भुजाकाटे, गामा, अड्डाँडाहुँदै टिमुरबोट जोड्ने सडक जीर्ण हुँदा स्थानीयले अत्यासलाग्दो यात्रा गर्नुपरेको थापाले गुनासो गरे । गाउँले मिलेर १ लाख रुपियाँ संकलन गरी सडक स्तरोन्नति गर्न लागिएको थापाले जानकारी दिए ।


‘नगरपालिकाले गाउँका जनताको दुख नदेखपछि गाउँले मिलेर जुटाएको रकमबाट सडक स्तरोन्नति गरेर यात्रा सहज बनाउने प्रयास भईरहेको छ’ थापाले भने । हिउँदमा जसोतसो गाडी आउजाउ गरेपनि वर्षा याममा तित्याङका जनताले निकै नै सास्ती खेपेर यात्रा गर्न बाध्य भएको थापाले सुनाए । सडक मर्मतका लागि एक लाख रुपियाँ पर्याप्त नभएपनि सडक छेउका डाँडा काट्ने र खाल्डाखुल्डी पुर्ने काम मात्रै गर्न संभव भएको थापाको भनाई थियो ।
सडक मर्मतको लागि दबाब सिर्जना गर्न तित्याङको कुवापानी, फुल्पाती, गामा, अड्डाँडा, खानेगाउँ डोय, टिमुरबोटका १ सय ९० घरधुरीको भेलाले सन्देश जिसीको अध्यक्षतामा २४ सदस्यीय सडक उपभोक्ता समिति गठन गरिएको छ । ‘सशरीर उपस्थित भएर बागलुङ नगरपालिकालाई दबाब दिएपनि सडक मर्मतको काम अहिलेसम्म हुन सकेको छैन’ अध्यक्ष सन्देश जिसीले भने ।
वडा कार्यालयले सडक मर्मतमा मात्रै चालु आर्थिक वर्षमा ५ लाख रुपियाँ बजेट खर्चिसकेको छ । नगरपालिकाको १ लाख र वडाको ४ लाखबाट सडक मर्मत गरिएको हो । तित्याङमा धेरै सडक हुँदा सबैलाई प्राथमिकता राखेर काम गर्न बजेट अपुग भएको वडाध्यक्ष राजु पुन बताउँछन् । ‘असार २८ को भीषण वर्षापछि क्षतविक्षत भएका सडकको अनुगमन गरी नाली बनाउनेदेखि मर्मतसम्मका भएका छन्’ थापाले भने, ‘वडाका चार मुख्य र सबै शाखा सडकमा मेसिन चलाउँदा वडालाई १ लाख रुपियाँ ऋण समेत लागेको छ ।’
यसअघि फागुन ४ गते तित्याङबासीले वडाका जीर्ण सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठसहित वडा अध्यक्ष राजु थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । सो समयमा नगरप्रमुख श्रेष्ठले हरेक वर्ष ग्रामिण सडक मर्मत भईरहेको र यसवर्ष पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्वता जनाएका थिए । नगरपालिकाले तित्याङका सडक स्तरोन्नतिको लागि १५ लाख रुपियाँको लागत स्टीमेट तयार गरेको छ तर स्रोत साधनको अभावमा काम हुन नसकेको नगरपालिकाका उपप्रमुख राजु खड्का बताउँछन् ।
बजारको सम्मुखमा रहेर पनि तित्याङका सडक पूर्वाधारको अवस्था अत्यन्तै कमजारे रहेको उमप्रमुख खड्काले स्वीकारे । नगरपालिकाको जेसिबी मेशिन बिग्रिदा सडक मर्मत गर्न नसकिएको खड्काले बताए । ‘तित्याङबासीको धेरै ठूलो माग पनि होइन, सडक सरफाई गरेर तत्कालको माग सम्बोधन गर्न सकिन्छ’ उपप्रमुख खड्काले भने, ‘त्यहाँका मुख्य सडकलाई गुणस्तरीय बनाउन प्रदेश र संघिय सरकारसंग छलफल गर्ने तयारी समेत भईरहेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->