सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरी बहुमुखी क्याम्पसमा पहिलो पटक दुई महिलासहित सभापतिमा ३ जनाको उम्मेदवारी

धौलागिरी बहुमुखी क्याम्पसमा पहिलो पटक दुई महिलासहित सभापतिमा ३ जनाको उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८१, मंगलबार

बागलुङ/साविकको धौलागिरी क्षेत्रकै एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) नेतृत्वका लागि पहिलो पटक दुई महिला उम्मेदवार मैदानमा उत्रिएका छन् । मंगलबार भएको मनोनयनमा एक स्वतन्त्रसहित सभापतिमा तीन जनाको उम्मेदवारी परेको हो ।
क्याम्पसमा दर्ता भएका ९ संगठनमध्ये नेपाल विद्यार्थी संघको एकल, अखिल संयुक्त प्यानल तथा स्वतन्त्रबाट एक जनासहित तीन जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसपटक नेविसंघ एक्लै चुनावमा गएको छभने अनेरास्ववियु, अखिल क्रान्तीकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संघले प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् ।
नेविसंघबाट सृष्टि आचार्यले सभापतिमा उम्मेदवारी दिएकी छन् । नेविसंघमा सभापतिको टिकटका लागि भएको रस्साकस्सीपछि आचार्यले टिकट हात पारेकी हुन् । अखिल संयुक्त प्यानलबाट आश्मिन शेखले उम्मेदवारी दर्ता गराएकी छन् । स्वतन्त्र विद्यार्थी समूहबाट नेविसंघका पूर्व नेता दिपक सुवेदीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सुवेदी यसअघि नेविसंघबाट स्ववियुको उपाध्यक्ष निर्वाचित भएका थिए । कांग्रेसले आचार्यलाई टिकट दिएपछि असन्तुष्ट बनेका सुवेदी स्वतन्त्र रुपमा चुनावमा होमिन लागेका हुन् ।
अखिल संयुक्तबाट सचिवमा रुद्रबहादुर पुन र कोषाध्यक्षमा रेखा शर्माले उमेदवारी दिएका छन् । सदस्यहरुमा विकल्प घर्ती मगर, सृष्टि क्षेत्री, दिपिका खड्का, सन्दिप बहादुर थापा, सुभम जिसी, भुषन थापा, सुधन विश्वकर्मा र किस्मत घर्ती मगरले उमेदवारी दिएका छन् ।
यस्तै, नेपाल विद्यार्थी संघको प्यानलबाट सचिवमा सचिन हरिजन र कोषाध्यक्षमा विशाल थापाले उमेदवारी दिएको निर्वाचन समितिका सदस्य जोहन बज्रचार्यले जानकारी दिए ।
सदस्यहरुमा दिपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुदिप घर्ती, सुवासबावु घर्ती मगर, सुभम राजभण्डारी, मनिषा घर्ती र सेमान्त पौडेलले उमेदवारी दिभएका छन् ।
क्याम्पसमा पटक पटक सिर्जित विवादको समाधान गर्दै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत गोविन्दराज गौतमले बताए । उम्मेदवारी दर्ता गर्नु पूर्व राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघले विभिन्न माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->