पोखरा/पोखरा १४ चाउथे तल्लो शान्ति टोल विकास संस्थामा आवद्ध सुकुम्बासी बस्तीमा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार भएको कानूनी सचेतनामा कानुनका विद्यार्थी सविना अधिकारीले भूमि सम्वन्धी संविधानले दिएको अधिकार तथा समग्र विषयमा प्रशिक्षण दिएकी थिइन् । संस्थाकी कर्मचारी रुपा राईले सञ्चालन गरेको तालिम सामूदायिक सेवा केन्द्रका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको थियो ।
सामुदायिक विकास केन्द्र नेपाल पोखरा ६ ले आयोजना गरेको ३० जना अगुवा नागरिक सहभागी थिए । केन्द्रका सदस्य केदार धमलालेस्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएर स्वास्थ्य सचेतनालाई प्राथमिकता दिन सहभागीलाई आग्रह गरेका थिए ।





