सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मिर्गी पीडित बालिकाको उपचारमा आर्थिक अभाव

मिर्गी पीडित बालिकाको उपचारमा आर्थिक अभाव


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८१, बुधबार

बागलुङ/भर्खरै चार वर्ष पुगेकी बालिका गम्भिर रोगको चपेटामा परेपछि परिवारका सदस्यले सहयोगको याचना गरेका छन् । बागलुङ नगरपालिका ७ का सागर खत्री र मनिषा गैरेकी छोरी सुवेक्षा खत्रीको उपचारमा सहयोग माग गरिएको हो ।
‘मिर्गी’ नामक गम्भिर रोगले ती बालिका बिरामी परेपछि उपचारका लागि परिवारले एक वर्षमा झण्डै ५० लाख रुपियाँ खर्च गरिसकेका छन् । यो रोगको उपचारका लागि अझै ५० लाख रुपियाँ बढी खर्च लाग्ने र परिवारका सदस्यले नसक्ने अवस्था भएपछि सहयोगको याचना गरेका हुन् । बुधबार पत्रकार सम्मेलन गरेर बिरामी बालिकाका बाबु सागर खत्रीले सहयोगको आग्रह गरेका छन् ।

एक वर्ष अघिनै सुवेक्षालाई अत्याधिक ज्वरो आएकोले उपचारमा लैजाँदा उहाँको मस्तिस्कमा असर परिसकेकोले यो समस्या आएको ढीला गरी पत्ता लागेको हो । शुरुमा बागलुङ, पोखरा हुँदै भारतको दिल्लीस्थित सर गंगाराम अस्पतालमा उपचार भैरहेको हो । हाल आमा मनिषाले छोरीको उपचार गराइरहेकोमा सागर भने सहयोगको खोजी गर्दै आएका हुन् ।
लामो समयको अनुसन्धानपछि मात्र बालिकाको समस्याबारे थाहा भएको हो । अहिले उहाँको मस्तिस्कको अधिकांस भागमा असर परेको छ । जसका कारण पटक पटक बेहोस भएर लड्ने समस्या छ । उपचारपछि ७५ देखि ८० प्रतिशत समस्या समाधान भयो भने परिवारसँगै राख्न सकिने चिकित्सकको सल्लाह छ ।
पत्रकार सम्मेलनमा सागरसहित सुवेक्षा खत्री उपचार सहयोग अभियानका संयोजकको रुपमा नेत्रलाल न्यौपाने, सदस्यहरु जीवन रोका, निशान खड्का, कृष्ण अधिकारीले सक्दो प्रयास भैरहेको र परिवार र नातागोताको सहयोगले नपुग्ने भएपछि संचार माध्यममार्फत आम नागरिकमा सहयोगको याचना गर्न आउनुपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->