सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुवेदीले गरे उमेदवारी फिर्ताको घोषणा

सुवेदीले गरे उमेदवारी फिर्ताको घोषणा


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८१, शुक्रबार

बागलुङ/आसन्न स्ववियु निर्वाचनकालागि धौलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी समूहबाट अध्यक्षमा उमेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले आफ्नो उमेदवारी फिर्ता लिएको जनाएका छन् । क्याम्पसले अन्तिम नामाबली प्रकाशित गर्दा उनको नाम समेत आएपछि सुवेदीले शुक्रवार पत्रकार सम्मेलन गरेर नाम फिर्ताको घोषणा गरेका हुन् ।
उनले सृष्टी आचार्य अध्यक्ष रहेको नेविसंघको औपचारिक प्यानललाई नै समर्थन गरेको बताए । ‘मैले वारेस मार्फत उमेदवारी दिएको थिएँ, वारेसबाटै फिर्ता हुन्छ भन्ने सोचेर समयमै जानकारी गराएको थिएँ’ उनले भने, ‘प्राविधिक कारणले नाम रहेपनि मेरो उमेदवारी कायम छैन ।’ उनले मिडप्याक गरेको घोषणा गरेका हुन् ।
सुवेदीले आफ्नो कारणले नेविसंघको कमजोर उपस्थिति नहोस् भनेर नाम फिर्ता गरेको बताए । ‘तातो रगतको जोशमा उमेदवारी दिएको थिएँ, अब जोसले हैन, संगठनको लागि उमेदवारी फिर्ता गरेको छु’ उनले भने, ‘पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हो ।’
उक्त पत्रकार सम्मेलनमा नेविसंघको तर्फबाट सभापतिकी उमेदवार सृष्टी आचार्यले सुवेदीको निर्णयले धौलागिरि बहुमुखी क्याम्पसमा पहिलो पटक महिला सभापति बन्ने अबसरको ढोका खुलेको बताइन् । उनले सबैको योगदानको कदर गर्दै आफ्नो उमेदवारीमा साथ दिन सबैलाई आग्रह पनि गरिन् ।
सोही समयमा नेविसंघले जारी गरेको निर्वाचन प्रतिबद्दता पत्र पनि सार्वजनिक गरेको थियो । उक्त पत्रमा यस अघि गरेका र आगामी दिनमा शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारमा काम गर्ने शर्तहरु समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->