सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पुर्व प्रधानपञ्चको शालिक अनावरण

पुर्व प्रधानपञ्चको शालिक अनावरण


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०८१, शुक्रबार

बागलुङ/जिल्लाको काठेखोला गाँउपालिका वडा नं. ६ बिहुँकोट आधारभुत अस्पताल परिसरमा पुर्व प्रधानपञ्च चण्डिप्रसाद शर्मा कँडेलको शालिक अनावरण गरिएको छ ।

बिहुँकोट आधारभुत अस्पताल र नयाँघरे कँडेल समाज काठेखोला गाँउपालिका ६ ले निर्माण गरेको पुर्व प्रधानपञ्च समेत रहेका कँडेलको शालिकको पुर्व सांसद गोविन्द प्रसाद शर्मा कँडेल र गण्डकी प्रदेशका पुर्व मन्त्री मणिभद्र शर्मा कँडेलले अनावरण गरेका हुन् ।

लामो समयसम्म प्रधानपञ्च भई काम गर्नुभएका स्वर्गिय कँडेलले तत्कालिन अवस्थामा जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ रोपनी ३ आना जग्गा खरिद गरेर अस्पताल निर्माणका लागि हस्तान्तरण गरेका थिए । स्वास्थ्यलगायत सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै कँडेलको शालिक निर्माण गरिएको नयाँघरे कँडेल समाजका बेद प्रसाद कँडेलले जानकारी दिए ।

कार्यक्रममा पुर्व सांसद टंकप्रसाद कँडेल, दिपक कुँवर, टिकाराम कँडेल, प्रकाश कँडेल, प्रदिप कँडेल, वडा नम्बर ५ का अध्यक्ष ज्ञामनाथ कँडेल, राजु कँडेल, देवीप्रसाद कँडेल, राजु कँडेल, सन्देश कँडेल, नविन कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बिहुँकोट आधारभुत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष बृहस्पती कँडेलको अध्यक्षता, नयाँघरे कँडेल समाजका जगन्नाथ कँडेलको स्वागत र बेद प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा बिहुँकोट मन्दिर जाने प्रवेशद्धारको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा इन्द्रेणीका कलाकार कृष्ण कँडेल नेतृत्वको टिमले लोकदोहोरी तथा कालिका भजन समुह बागलुङले भजन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->