बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्नपूर्ण हिमालको हिउँपहिरोमा २ जना बेपत्ता

अन्नपूर्ण हिमालको हिउँपहिरोमा २ जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८१, सोमबार
फाइल तस्वीर

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर सोमबार दुईजना बेपत्ता भएका छन् ।

अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताएका छन् । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको छ । वसन्तयामका लागि ४ समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->