पोखरा / नेपाल रेडक्रस सोसाइटी कास्कीको अध्यक्षमा कृष्णप्रसाद तिमिल्सिनालाई १ मतान्तरले हराउँदै उर्मिला खड्का भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत पाएका छन् ।
महिला उपसभापतिमा १ सय ४२ मतका साथ रमा न्यौपाने कोइराला विजयी भएकी छन् । उनका प्रतिस्पर्धी रमा त्रिपाठीले १ सय ५ मत पाइन् । खुला उपसभापतिमा सुरेन्द्र गुरुङले १ सय २९ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार खेमराज सापकोटाले १ सय २० मत पाए ।
यसैगरी मन्त्रीमा १ सय ३३ मतसहित सन्तोष अधिकारी विजयी भए । कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल विजयी भएका छन् । उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित भएका छन् ।
कसले कति मत पाए हेर्नुहोस:






