बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवालाई पुर्ण संस्थागत सुत्केरी तथा पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । उक्त वडाद्वारा आयोजित एक बिशेष समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले आइतबार उक्त घोषणा कार्यक्रमको उद्धाटन गरेका हुन ।
घोषणा कार्यक्रममा बोल्दै मन्त्री पाठकले विभिन्न मापदण्डहरु पुरागर्दै पुर्ण संस्थागत सुत्केरी तथा पुर्ण खोप सुनिश्चित वार्ड घोषणा गर्न सफल भएकोमा वडा र स्वास्थ्य संस्थालाई धन्यवाद दिदै आगामी दिनहरुमा समेत यस अभियानको दिगोपन र निरन्तरताको लागि संबंधित पक्ष सजग रहनुपर्ने बताए । राष्ट्रिय रुपमा मातृ मृत्युदर हरेक एकलाखमा १५१ रहेकोमा गण्डकी प्रदेशमा भने यो संख्या प्रत्येक एकलाखमा १६१ रहेको भन्दै यस क्षेत्रमा मातृ मृत्युदर घटाउन गण्डकी प्रदेशले थप मेहनत गर्नुपर्ने बताए । बालबालिकाहरुलाई तोकिएको समएमा खोपदिनुको साथै पोषणयुक्त खानाको प्रवन्धले मात्र बालबालिकाहरुलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सकिने उनको भनाई थियो ।
गण्डकी प्रदेश भित्र दुर्गम क्षेत्रहरुमा सुत्केरी हुन नसकेर ज्यान जोखिममा परेका आमाहरुलाई गण्डकी प्रदेश स्वास्थ मन्त्रालयले हेलिकप्टरद्वारा उद्धार गरि ज्यान बचाई रहेको र गण्डकी प्रदेशभित्र हालसम्म हेलि उद्धार गरिएका ६७ आमाहरु मध्य १९ जना बागलुङ जिल्लाका रहेको समेत उनको भनाई थियो । मातृशिशु मृत्युदरमा कमि ल्याउन गण्डकी प्रदेशमा पहिलो पटक धौलागिरी प्रादेशिक अस्पतालमा ग्रामिण अल्ट्रासाउन्ड ट्रेनिङ साईड संचालन गरिएको पनि मन्त्री पाठकले उल्लेख गरे ।
अब ग्रामीण ईलाकाहरुमा रहेका स्वास्थ संस्थाहरुमा ट्रेनिङ प्राप्त स्वस्थ्य कर्मीहरु परिचालन गरि भिडियो एक्सरेको माध्यम बाट गर्वती आमाहरुको स्वास्थ्य जाँच गरिने कुरा समेत मन्त्री पाठले बताए । उक्त घोषणा कार्यक्रमको सभापतित्व वडाध्यक्ष चक्र थापाले गरेका थिए भने जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाको साथै जैमिनी नगरपालिकाका कार्यकारी लगाएतले भनाई राखेका थिए ।





