सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दिगो विकास र वातावरण सम्बन्धी पत्रकारिता तालिम शुरु

दिगो विकास र वातावरण सम्बन्धी पत्रकारिता तालिम शुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८२, शुक्रबार

बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आयोजना र बागलुङ नगरापलिकाको सहयोगमा तीन दिने पत्रकारिता तालिम शुरु भएको छ । दिगो विकास र वातावरण बिषयक तालिममा जिल्ला भरका ५० बढी पत्रकार तथा संचारकर्मी सहभागि छन् ।

पछिल्लो समय विकासको नाउँमा भएका बिनास, वातावरण प्रदुषण र प्रकृतिको दोहन बढीरहेको सन्र्दभमा पत्रकारितामार्फत विषय उठान गराउन सहयोग पु¥याउने र दिगो विकासका एजेण्डाहरुलाई आम नागरिकको माझ लैजान यो पत्रकारिता तालिम आवस्यक परेको महासंघका अध्यक्ष राम थापा ‘अबिरल’ले बताए । तालिममा मदन पुरस्कार बिजेता बरिष्ठ पत्रकार मोहन मैनालीले सहजीकरण गरेका छन् ।तालिमको उद्घटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पछिल्लो समय हिमाल पग्लेको, पानी सुकेको र वातावरण प्रदुषण भएको घटनाले दिगो विकासको लक्ष्यमा असर परेको बताए । आम नागरिकलाइ समेत दिगो विकासबारे जानकारी दिने र विकास गर्दा भएको वातावरण बिनासको विषय पनि उठाउनुपर्ने श्रेष्ठले बताए । नगरपालिकाले गरेका विकास निर्माणका कामको प्रचार गर्नुको साथै समस्या भए आलोचना गर्न पनि उनले पत्रकारलाई आग्रह गरेका छन् । स्वस्थ आलोचनाले कामलाई सुधारेर जान सकिने उनको धारणा थियो ।

नगर उपप्रमुख राजु खड्काले पत्रकारले नागरिकको आवाज बोल्नुपर्ने, नगरका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने, खबरदारी गर्ने र नागरिकलाई सचेतना अभियानमा पनि काम गर्न आग्रह गरे । नगरको साथबाट पत्रकारिताको संस्थागत विकास हुनुपर्ने पनि उनको जोड थियो ।नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’को अध्यक्षता, सहसचिव डम्बर बुढाको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, महासंघका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, मुख्य प्रशिक्षक मोहन मैनाली, महासंघका गण्डकी प्रदेश सदस्य रञ्जिता शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिममा दिगो विकासको साथै विकासले जनतामा पारेको प्रभाव र वातावरणमा परेको असरबारे पनि समाचार लेख्नुपर्ने विषयमा प्रशिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->