बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चौरासीको खर्च विद्यालय र मन्दिरलाई

चौरासीको खर्च विद्यालय र मन्दिरलाई


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८२, बुधबार

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेत निवासी ८४ वर्षीय कृष्णबहादुर बानियाँले चौरासी पुजा गर्ने खर्च गरीब तथा निमुखा बालबालिकाको शिक्षादीक्षामा सघाउन विद्यालयमा अक्षयकोष स्थापना र शिवालय मन्दिरको पुननिर्माणमा सहयोग गरेका छन् ।

स्थानीय बालमन्दिर आधारभूत विद्यालयका पूर्वअध्यक्षसमेत रहेका बानियाँले श्रीमति कलावतीको नाममा विद्यालयमा ५१ हजार र पुननिर्माण हुदै गरेको हिन्दू धर्मको आस्थाको प्रतीक शिवालय मन्दिरलाई ५० हजार सहयोग गर्नुभएको स्थानीय यूवा सुमन बानियाँले बताए । ‘चौरासी पूजा भन्दा विद्यालय र मन्दिरलाई सहयोग गर्नु पून्य काम हो भन्ने लाग्यो । त्यसैले पूण्यमध्येको कामका लागि सहयोग गरेको हुँ,’ कृष्णबहादुरको भनाई उद्धित गदैं बानियाँले भने ।

गाउँका विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहनुभएका कृष्णबहादुरका परिवारका सदस्यले हिन्दू धर्मअनुसार चौरासी पूजाका लागि चासो देखाएपनि कृष्णबहादुर दम्पत्तीले सामाजिक कार्य नै सबैभन्दा उत्तम भएको भन्दै सहयोग गरेका छन् । विद्यालयमा स्थापित कोषबाट विपन्न बालबालिकालाई सहयोग गरिने प्रधानध्यापक रामप्रसाद पौडेलले बताए ।

प्रअ पौेडेलले समाजका लागि उदारहणीय व्यत्तिबाट सबैले सिक्नुपर्ने बताउनुभयो । चौरासी पूजामा प्राप्त हुने आर्सिवाद विपन्न बालबालिकाको शिक्षादीक्षा सहित धार्मिक क्षेत्रमा गरेको सहयोगबाट मिल्ने समाजसेवी कृष्णबहादुरको भनाइ छ । विद्यालय परिवारले बधाई तथा शुभकामना दिँदै स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->