बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको कालिका मन्दिरमा सतचण्डी पुजा

पोखराको कालिका मन्दिरमा सतचण्डी पुजा


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८२, आइतबार

लेखनाथ / पोखरा महानगरपालिका वडा नं. २८ को कालिकामा रहेको ऐतिहासिक अर्घौ मौला कालिका भगवती मन्दिरमा बैशाख खष्टीका दिन शनिवार सतचण्डी (१०८ चण्डी पाठ) बाचन, सामुहिक होमन र वलि पुजा गरिएको छ ।
कालिका भगवती मन्दिरको उत्पतीको वि स १७९२ सालदेखि निरन्तर रुपमा वर्षको दुई पटक वशन्त ऋतु र सरद ऋतुमा गरिने पुजाले अति बृष्टि, अनाबृष्टिको रोकथाम देखि गाउवस्तीमा कुनै प्रकारको दैवि प्रकोप तथा रोगब्यादी नहुने धार्मीक विश्वास रहदै आएको मन्दिर संरक्षण समितिका अध्यक्ष वोधराज त्रिपाठीले जानकारी दिएका छन् ।

राष्ट्रिय सम्पदाको रुपमा रहेको अर्घौ मौला अन्तरगत पोखरा महानगरपालिका वडा नं. २६,२७,२८,२९,३०,३१ र मादी गाउपालिका वडा नं. ५ का भक्तजनहरुको उपस्थितीमा हुने सामुहिक पुजा कास्की जिल्लाकै ऐतिहासिक पुजा रहेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष विष्णुमाया पौडेलले दावी गरे ।
२२÷२४ सय राजाको पालादेखि यो कालिका भगवती मन्दिरमा हुने सतचण्डी पुजा वाली लगाउनु पुर्व र वालि लगाईसकेपछि भगवतीको सम्झनामा होमन गरिदै आएको मन्दिर संरक्षण समितिका सचिव केशवदास त्रिपाठीले बताए ।
कालिका भगवती कास्की कै पुरानो र धार्मिक दृष्टीले महत्वपुर्ण धार्मीक स्थल भएकाले यसको संरक्षण र प्रवद्र्धनमा राज्यले ध्यान दिन सक्ने हो भने समग्र कास्की जिल्लामा आन्तरिक र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने मन्दिर संरक्षण समितिका कोषाध्यक्ष सरोज भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->