बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम

आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०८२, शनिबार

पोखरा/वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र साइकडेस्क फाउन्डेशनको आयोजना एवम् पोखरा महानरपालिकाको संयोजनमा पोखरामा दुुई दिने आत्महत्या रोकथाम सहजीकरण सम्बन्धी तालिम दिइएको छ ।

तालिममा विभिन्न सरोकारवाला क्षेत्र र निकायका ३५ जना प्रशिक्षार्थी सहभागी थिए ।

तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्रा. राजेशकुमार ठकुराठीले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमल्सिनाले आत्महत्या समाजमा गम्भीर समस्याका रुपमा देखा परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि सम्बद्ध सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए ।

वल्र्डलिङ्क कम्युनेशन्स लिमिटेडका संस्थापक शेयर होल्डर एवम् सिएसआर(कर्पोरेट सामाजिक उत्तरदायित्व) प्रमुख अनुपा भण्डारी जलानले वल्र्डलिङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जानकारी गराइन् ।

तालिमका प्रशिक्षक एवम् साइकडेस्क फाउन्डेशनका संथापक डा.नरेन्द्रसिंह ठगुन्नाले आत्महत्या रोकथाम सहजीकरणसम्बन्धी तालिम यसअघि धनगढी र विराटनगरमा गरिसकिएको बताए ।

पद्मकन्या क्याम्पस मनोविज्ञान विभागमा प्राध्यापनरत उनले नेपालमा आत्महत्याका घटनाहरू बढ्दै गएका अवस्थामा यसको रोकथाम तथा नियन्त्रण अपरिहार्य भएको धारणा राखे । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा नेपालमा सात हजार २२३ जनाले आत्महत्या गरेको तथ्यांक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->