शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

संचारमन्त्री गुरुङ भन्छन्– सामाजिक सञ्जालबाट सार्वजनिक हुने सामग्रीमा नियन्त्रण जरुरी छ

संचारमन्त्री गुरुङ भन्छन्– सामाजिक सञ्जालबाट सार्वजनिक हुने सामग्रीमा नियन्त्रण जरुरी छ


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने सामग्री नियन्त्रण हुन जरुरी रहेको बताएका छन् । साइबार अपराध नियन्त्रण गर्न साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र चाँडै संसदमा पेस गरिने जानकारी पनिउ उनले दिए ।

मन्त्रालय र सञ्चारिका समुह गण्डकीको आयोजनामा आज पोखरामा भएको पत्रकारितामा महिलाको सहभागिता तथा बिकासका लागि सरोकारसंगको छलफलमा उनले यस्तो बताएका हुन् । मिडिया काउन्सिल विधेयक शीघ्र पारित गर्ने र आचारसंहिता विपरीतका गतिविधि नियमन गरिने उनको भनाई थियो । मन्त्री गुरुङले खोजमूलक पत्रकारिता गर्नुपर्नेमा पनि जोड दिए । आम स्रोता र दर्शकलाई नवीन खोज र सञ्चार तथा सूचना प्रविधिको चरम विकासले ल्याएका अवसर र चुनौती, राष्ट्रियहित प्रवद्र्धन गर्ने विषयवस्तु आमपाठक स्रोत तथा दर्शकले नपाएको गुनासो पनि उनले गरे । सञ्चारमन्त्री गुरुङले भने, ‘पत्रकारिता खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन यसमा सबैको ध्यान जानुपर्दछ । सूचनाको हक प्राप्त गर्ने नागरिकको पहिलो अधिकार भएकाले त्यसलाई कसरी प्रत्याभूत गर्ने, कसरी व्यवस्थित र मर्यादित गर्ने भनेर मन्त्रालयले काम गरिहेको छ । सबै जनताले सूचना पाउने कुराको ग्यारेन्टी सार्वजनिक प्रसारणका माध्यमबाट हुन्छ ।’ सरकारी सञ्चारमाध्यमको विकासका लागि नयाँ ढङ्गबाट जाने योजनामा आफू रहेको उनको भनाइ छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले देशमा गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएपछि सरकारले देशको सर्वाङ्गीण विकासका निम्ति थालेका प्रयास तथा अन्य आर्थिक समृद्धितर्फका क्रियाकलापलाई नेपाली पाठक स्रोता तथा दर्शकमा कम प्रस्तुत गर्ने प्रवृत्ति ‘केही पनि भएन भन्ने गलत प्रचार’प्रति सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->