शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नेतृत्व निर्माण र व्यवस्थापनमा जेसिजको महत्वपूर्ण भुमिका : मन्त्री पाठक

नेतृत्व निर्माण र व्यवस्थापनमा जेसिजको महत्वपूर्ण भुमिका : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले नेतृत्व निर्माण र व्यवस्थापनमा जेसिजको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । पोखरा लेडिज जेसिजले आफ्नो ३७ औं वर्षगाँठको अवसरमा पोखरामा आयोजित सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री पाठकले जेसिजका गरेका सामाजिक कार्यका कारण यस संस्थाप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताए ।

पोखरा लेडिज जेसिजले सामाजिक क्षेत्रमा गर्दै आएको सत्कर्मबाट आफू निकै प्रभावित भएको बताउँदै जेसिजका गतिविधिले सामाजिक काममा सरकारको सहयोग पुगेको मन्त्री पाठकले उल्लेख गरे । मानवीय विकासमा जोड दिईरहेको जेसिजले आफ्नो पहिचान र गरिमालाई कायम राख्न पाठकले आग्रह गरेका थिए ।

पोखरा लेडिज जेसिजले जेठ १० देखि १६ गतेसम्म विविध कार्यक्रम गरी ३७ औं वर्षगाँठ मनाईरहेको छ । पोखरा लेडिज जेसिजका अध्यक्ष अनिता थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले समाजमा लेडिज जेसिजले खेलेको भुमिकाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->