शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

युवा संघको महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी

युवा संघको महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

पोखरा / राष्ट्रिय युवा संघको राष्ट्रिय महाधिवेशनमा निर्वाचनको माग गर्दै नाराबाजी भएको छ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मतको प्रयास थालिएपछि विभिन्न समूहले छुट्टाछुट्टै नाराबाजी गरेका हुन् ।

निर्वाचनको माग गर्दै क्षितिज थेबे, सुमन पुरी र महाराज गुरुङ तिनै जनाको समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको छ । महाधिवेशनमा १ हजार ७ सय प्रतिनिधि छन् ।
५/५ जना आकांक्षी देखिएकाले मतदान नै गराएर स्वच्छ प्रतिस्पर्धा हुन नदिनेमा रणनीतिमा नेताहरू लागेका छन् । धेरै आकांक्षी भएकाले अरुको नाममा सहमति हुन नसकेको भन्दै क्षितिजलाई अध्यक्षमा सर्वसम्मत गराउने रणनीति पार्टी नेताहरुले गराएपछि नाराबाजी सुरु भएको हो ।
अध्यक्ष मण्डलका एक सदस्यका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेलाई अध्यक्ष दोहोर्‍याउन अध्यक्षमण्डललाई निर्देशन दिइसकेका छन्, तर महासचिव पुरीले यस पटक अध्यक्ष नछाड्ने अडान दोहोराई रहेका छन् । त्यसका लागि निर्वाचन गर्नुपर्ने उनी निकट प्रतिनिधीले भनिरहेका छन् ।प्रतिनिधि व्यवस्थान प्रमुख राज गुरुङका अनुसार सहमती नभएमा आज मनोनयन भएर भोलि मतदान हुने छ । तर अध्यक्ष मण्डल र निर्वाचन समिति मतदानको तहसम्म जान नहुने पक्षमा छ । महाधिवेशन स्थलमा ठूलै मात्रा प्रहरी परिचालनसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->