शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके) गण्डकीको अध्यक्षमा म्याग्दीका विशाल विक सर्वसम्मत चयन

राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके) गण्डकीको अध्यक्षमा म्याग्दीका विशाल विक सर्वसम्मत चयन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

पोखरा/राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकीको अध्यक्षको म्याग्दीका विशाल विक सर्वसम्मत चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको भेलाले विशालको अध्यक्षतामा ९ सदस्दयीय कार्यसमिति चयन गरेको अलबिनोका निर्देशक प्रखरदीप गुप्ताले जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको उपाध्यक्षमा तनहुँका केशवी सिग्देल, महासचिवमा कास्कीका राजेश बुढा मगर, सचिवमा म्याग्दीका भस्कर कुमाई र कोषाध्यक्षमा म्याग्दीका ममसरा सुनार सर्वसम्मत भए । सदस्यहरुमा गोरखाका प्रमिला बस्नेत, स्याङ्जाका लेखनाथ ढकाल, बागलुङका जीवन सुनार र म्याग्दीका भरदेवी विक चयन भए ।

अलविनो नेपालले लुम्बिनीपछि गण्डकीमा समिति गठन गरेको हो । निर्देशक प्रखरदीप गुप्ताले अलविनो एक प्रकारको अपाङ्गता भएको बताए । अलबिनो व्यक्तिहरूले आफूहरू अपाङ्गताको दर्जा पाए पनि औपचारिक रूपमा अपाङ्गताको सूचीमा नपरेको भन्दै राज्यसँग गुनासो गर्दै आइरहेकाछन् । आत्मसम्मान, शिक्षा, रोजगारी र स्वास्थ्यमा समस्या भोगिरहेका अलबिनो प्रभावितहरूलाई राज्यले विशेष सुविधा दिनुपर्ने माग समेत गर्दै आइरहेका छन् ।

शरीरमा छालालाई रङ्ग दिने मेलानिन नामक पदार्थको कमीका कारण छाला, कपाल सेतो हुने अवस्थालाई अलबिनो भनिन्छ । यस्तो अवस्थाका व्यक्तिहरूलाई घाममा हिँड्दा छाला पोल्ने, दृष्टि कमजोर हुने जस्ता समस्या हुन्छन् । जसले गर्दा उनीहरूलाई अध्ययन, लेखपढ तथा रोजगारमा समेत असहज हुने गरेको छ ।

नेपालमा हाल करिब ८ देखि १० हजार व्यक्ति अलबिनोबाट प्रभावित रहेको अनुमान गरिएको छ । उनीहरूले अपाङ्गताको सूचीमा समावेश भई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा समान पहुँच सुनिश्चित गरिनु पर्ने आवाज उठाउँदै आएका छन् । ‘अलविनो एक प्रकारको अपाङ्गता हो, शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलविनो भनिन्छ’, निर्देशक गुप्ताले भने, ‘अलविनो भएका अपाङ्गतालाई सरकारले सन्सक्रिम र मलम निशुल्क रुपमा दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->