बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मादी पुलमा मध्यरातमा जीप दुर्घटना, ३ युवाको मृत्यु

मादी पुलमा मध्यरातमा जीप दुर्घटना, ३ युवाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८२, आइतबार

तनहुँ/ जिल्ला सदरमुकाम दमौलीस्थित मादी पुलबाट मध्यरातमा जीप खस्दा ३ युवाको मृत्यु भएको छ । अन्य २ घाइते भएका छन् ।

आइतबार मध्यरात १२ बजेर १० मिनेटको समयमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट मादी नदीमा खसेको हो । दुर्घटनामा ब्यास नगरपालिका–५ बेतेनी बस्ने २८ वर्षका प्रविन आलेमगर, व्यास–५ मानुङसोहोराका २२ वर्षका कुशल थापामगर र २२ वर्षीय कुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीका सूचना अधिकारी एवं निरीक्षक राजु अधिकारीले जनाएका छन् ।

दुर्घटनामा घाईते जीप चालक व्यास–४ का २४ वर्षका सनी बानियाँ र पर्साको प्रनानिपुर–३ वस्ने २० वर्षका धिरज रोनियार घाइते भएका छन् । चालक बानियाँ आइतबार बिहान पौने ३ बजे डिस्चार्ज भएका छन् भने रोनियारको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक छ ।

तस्विर खबरपुञ्ज

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->