पोखरा/ गण्डकी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु हुदैछ । बर्खे अर्थात् बजेट अधिवेशनका रुपमा चिनिने यो अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आउने छ ।
प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलका अनुसार दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा विभिन्न ३ वटा कार्यसूची रहेका छन् । पहिलो प्रदेश प्रमुखले बजेट अधिवेशन सम्बन्धी आव्हान गरेको पत्र पढेर सुनाउने, दोस्रो प्रदेश प्रमुखले ऐन प्रमाणित गरेको पत्र सुनाइनेछ । साथै आज दलहरुका नेताले सम्बोधन गर्ने कार्यसूचीमा छ ।





