पोखरा/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आवद्ध विभिन्न घटक संघहरुको गण्डकी प्रदेश अधिवेशन शनिवार सम्पन्न भएको छ । बिभिन्न ५ वटा संघका अधिवेशन भएको हो ।
अधिवेशन अन्तर्गत राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघ गण्डकी प्रदेश कमिटीमा मिनप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । यसैगरी दीपेन्द्र पाण्डको अध्यक्षतामा राष्ट्रिय ओरल हेल्थ संघ नेपाल गण्डकी प्रदेश कमिटी पनि चयन गरिएको छ । यो ११ सदस्यीय छ । त्यस्तै क्षेत्रकुमारी रोकाको अध्यक्षतामा १५ सदस्यीय नेपाल नर्सिङ पेशाकर्मी संघ गण्डकी प्रदेश कमिटी गठन गरियो । यस्तै डा.निवस बास्तोलको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय आयुर्वेद स्वास्थ्यकर्मी संघ नेपाल गण्डकी प्रदेश कमिटी र रुद्ररमण रेग्मीको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय फार्मेसी संघ नेपाल गण्डकी प्रदेश कमिटी गठन गरिएको छ ।
‘‘सामाजिक न्याय र पेशागत मर्यादाको लागि स्वास्थ्यकर्मीहरुको एकता, आम नागरिकको लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ सम्पन्न अधिवेशनको नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्वमुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, गण्डकी प्रदेश कमिटी इन्चार्ज डा। बुद्धिमान श्रेष्ठ , एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, अनुशासन आयोग अध्यक्ष त्रिलोक चन्द्र गुरुङ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल केन्द्रीय सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज लक्ष्मण बसौला र पेशागत महासंघ नेपाल केन्द्रिय कमिटी सचिव राम प्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष एवं गण्डकी प्रदेश घटक संघहरुको संयोजक रविन्द्र शर्मा बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सोही महासंघका अध्यक्ष डिल्ली आचार्यले गरेका थिए भने संचाल सचिव प्रितम थापाले गरेका थिए ।
उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान,पोखरा नर्सिङ क्याम्पस स्व।वि।यु। निर्वाचन २०८१ को विजयी अध्यक्ष प्रतिभा भण्डारी, उपाध्यक्ष निता प्रधान, सचिव सलिना श्रेष्ठ, सहायक सचिव मनिका वस्नेत, कोषाध्यक्ष कुसुम गौतम, सदस्यहरु दीपा आचार्य, हिमानी थारु, कोमल रावत क्षेत्री, अजिता घर्ती मगर, सचिना सोमाई मगर, एन्जिला वराल, उज्ज्वल यादव र प्रतिक्षा पौडेललाई सम्मान गरिएको थियो । यसैगरी नेपाल फर्मास्युटिकल एसोसियसन गण्डकी प्रदेशमा निर्वाचित अध्यक्ष प्रकाश पौडेल, कोषाध्यक्ष कुशल सुवेदी, सदस्यहरु शोभित पौडेल, अमृता अधिकारी र युवराज पौडेललाई पनि सम्मान गरिएको थियो ।





