शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

दुई ठूला दल मिलेर बनेको सरकारले केही काम गर्न सकेन– पंचराम गुरुङ

दुई ठूला दल मिलेर बनेको सरकारले केही काम गर्न सकेन– पंचराम गुरुङ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८२, आइतबार
फाइल तस्विर

पोखरा/ गण्डकी प्रदेश सभामा राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले दुई ठूला दल मिलेर बनेको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् ।

देशका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँदा जनताले धेरै ठूलो आशा राखेका उनले बताए । आफुहरुलाई पनि देशले निकास पाउने विश्वास लागेकोमा सरकार आफ्ना मान्छे कहाँ भर्ना गर्ने भन्ने विषयमा मात्र सिमित भएको उनको भनाई थियो । ‘अहिलेको सरकार बिराला धेरै भए मुसा मार्दैनन् भनेजस्तै भएको छ’, गण्डकी प्रदेश सभाको आजबाट सुरु बर्खे अधिवेशनको पहिलो दिनको बैठकमा उनले भने, ‘राजनीतिक दल र जनप्रतिनिधिले सत्ताको आडमा लुट्ने बाहेक सरकारले केही गर्न सकेन ।’

धैर्यवान् जनताले विकास कुर्दाकुर्दै नथाकेको तर बिडम्बना देश अहिले राजनीतिक तरलताका कारण अधोगति मार्गमा यात्रारत रहेको उनले बताए । १० महिनामा ४ हजारपटक आन्दोलन भइसकेको तथ्य बताउँदै गुरुङले यो कस्तो उत्कृष्ट लोकतन्त्र र गणतन्त्र हो भन्ने प्रश्न पनि गरे । देशले अहिले मल्हम पाउनु पर्ने समयमा उल्टै देश बनाउन भनेर चुनिएका दल र जनप्रतिनिधिले जनतालाई लुटेको र ठगेको आरोप उनले लगाए । ‘सिंगो देशलाई करेन्ट लागेर जनतालाई झड्का दिनेगरी भइरेको गतिविधिले देशमाथि कृदृष्टि परेको प्रष्ट छ’, उनले भने, ‘देशका नागरिकलाई अनागरिक बनाएर नपुगी नागरिक बेचोर कमिशन खाएर लाभान्वित हुने रहर कसरी जागे होला ।’

देश असन्तोष, जनतामा असन्तुष्टी छ । वडादेखि केन्द्रसम्म भ्रष्टाचारका काण्ड आएका छन । पोखरा एअरपोर्टमा भएको भ्रष्टाचारले गण्डकी प्रदेशमा लुट्ने मात्र नभई ऋणको भार थपिएको उनले बताए । हिजो बिर गोर्खाली भनेर चिनीने नेपाल आज काण्डैकाण्डको मुलुक भनेर चिनिने अवस्था पुगेको भन्दै उनले देशमा धन नभएको, आर्जनको स्रोत र योजनाको थिति नभएको बताए । आवस्यकतामाथि नभई राजनैतिक स्वार्थ र केही व्यक्तिको स्वार्थ केन्द्रीत बजेटका कारण देश टाट पल्टने अवस्थामा पुगेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->