शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकी प्रदेश सरकार ठिक ढंगले चलेको छैन, हिंडेको छैन : विपक्षी दलका नेता चुमान

गण्डकी प्रदेश सरकार ठिक ढंगले चलेको छैन, हिंडेको छैन : विपक्षी दलका नेता चुमान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८२, आइतबार

पोखरा/ गण्डकी प्रदेश सभामा विपक्षी दलका नेता एवं माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकार ठिक ढंगले नचलेको बताएका छन् ।

गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै दुई ठूला दल मिलेर बनेको सरकारको गम्भिर समीक्षा गर्नुपर्ने आवस्यक रहेको उनले बताए । ‘प्रदेश सरकारको समीक्षा आवस्यक छ । यहाँहरु आफै पनि समीक्षा गर्नु भएको होला’, चुमानले भने, ‘म प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले भन्दा सरकार ठिक ढंगले चलको छैन । प्रतिपक्षलाई सम्बोधन गरेको छैन ।’ सामान्यतया सार्वजनिक लेखा समितिको सभापति प्रपिक्षलाई दिनैपर्ने भए पनि नदिएको गुनासो उनले गरे । यस विषयमा पटकपटक संसदमा कुरा उठाएको, मुख्यमन्त्रीसंग भेटेर कुरा राखे पनि उक्त समिति प्रतिपक्षले पाउने कुनै गुन्जायस नदेखेको उनको भनाई थियो ।

प्रतिपक्षलाई पेलेरै जाने र जनतलाई निराशै बनाएर जाने हो भने अव हाम्रो औचित्य के होला र भन्दै उनले यही कार्यशैली र तौरतरिकाबाट बदलिएर प्रदेश सरकार अघि बढ्नुपर्ने सुझाए । ‘यसो त प्रदेशको औचित्य छैन भनेर आवाज उठीरहेको छ । यही तरीकालृ औचित्य के रहला र,’ उनले भने, ‘यही कार्यशैली र तौरतरिकाबाट बदलिनुपर्छ ।’ अहिलेको सरकारले आत्मनिर्भर र सम्मुनत प्रदेश र खुशी प्रदेशबासी भन्ने नारा अघि सारे पनि सो अनुसार काम नगरेको उनले बताए । सरकार आत्मनिर्भरतर्फ त गएन कामयवी पनि भएन भन्दै चुमानले प्रदेशका गौरवका आयोजना हराउने होकी भन्ने चिन्ता लागेको बताए । ‘कुन गौरवको योजना हुन भन्ने सरकारले भन्न सक्नु पर्छ’, उनले भने, ‘बजेट अभावमा बहुवर्षीय योजना अलपत्र परेका छन ।’

पछिल्लो समय संघीय सरकारको कार्यशैलीका कारण जनतामा आक्रोश र निराशा उत्पन्न भएको भन्दै चुमानले यसले व्यवस्थाप्रति धावा बोल्न थालिएको बताए । जनता व्यवस्थाप्रति आक्रोशित र निराशा नभएको तर सरकारको कामकारवाहीका कारण राजावादीले फाईदा उठाएर संघीय लोकतान्त्रिक गणतन्त्रप्रति धावा बोल्ने दुस्साहस गरेको उनको भनाई थियो । जनताले अपेक्षा गरेको सुशासन भए पनि अहिलेको सरकार त्यसबाट पछि हटेको आरोप उनको थियो । सरकारले भ्रष्टाचारका फाइल लुकाएर आरोपितलाई सफाई र राहत दिन लागिपरेको उनले बताए । ‘राज्यको दोहन गर्नेलाई कारवाही गर्नुपर्नेमा झन राहत दिन थालेको छ । आशा गर्ने ठाउँ पटक्कै देखिदैन, यसले निराशा पैदा भएको हो । यही निराशको कारण व्यवस्थामाथि आक्रोशले आउने त होइन भन्ने लागेको छ’ उनले भने, ‘कुशासनले व्यवस्थामाथि धावा बोल्ने अवस्था आउनसक्छ भन्ने तर्फ सरकार सचेत हुनुपर्छ ।’ ठूला दल मिलेर बनेको सरकारले लोकतन्त्रको मुल्यमान्यता भत्काएको उनले बताए । राजनीतिक अस्थिरताको अन्त्यका लागि सरकार बनाएको दावी गरिए पनि त्यसतर्फ सरका नलागेको उनको भनाई थियो । संविधा संसोधन गरेर कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जाने हिम्मत गर्न उनले चुनौति दिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->