शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८२, बुधबार

पोखरा/नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ ।

प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो । कार्यक्रममा युनियन, कास्कीका अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीसँगै कार्यसमितिका पदाधिकारी र सदस्यहरुले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुटलगायत खाद्यान्न सामग्री वितरण गरेको हो ।

कार्यक्रममा युनियन गण्डकी प्रदेश अध्यक्ष अधिकारीले श्रमजिवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले काम गर्दै आएको बताए । पत्रकारको हकहित र पेशागत अधिकार रक्षाका लागि अन्य संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

पोखरा आरोग्य आश्रमका अध्यक्ष सुभाष तझ्याले पत्रकारिताको माध्यमबाट मुलुकको भलो गर्ने पत्रकारको संस्थाको स्थापना दिवसमा मनाइने कार्यक्रमले आगामी दिनमा अझराम्रा कार्यक्रमका साथ अघि बढ्न प्रेरणा मिल्ने बताए । स्थापना दिवका अवसरमा आरोग्य आश्रमलाईसहयोग गरेकोमा उनले धन्यवाद पनि दिए ।

आश्रमका बारेमा जानकारी दिदैं उनले पछिल्लो समय कुष्ट प्रभावितहरु बढ्दै गएको बताए । प्रभावित बढिरहेको अवस्थामा सरकारले यसको रोकथाम र जनचेतनामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । जनचेतनाका कारण पनि कुष्ट प्रभावितहरु खुल्न थालेकाले यसको संख्या बढेको उनले सुनाए । आरोग्य आश्रममा केही समस्या भएपनि समस्यालाई चिर्दै आगामी दिनमा अझ राम्रो गतिविधि गर्दै जाने उनले जानकारी दिए ।

प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ज्याति हमाल र सञ्चालन सचिव धनबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->