पोखरा/गण्डकीमा हिसापीडित महिलाहरुको आश्रयको निम्ति पुनस्र्थापना केन्द्र संचालनमा ल्याइएको छ ।
केन्द्रमा घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरुलाई राखिने छ । त्यहाँ उनीहरुलाई आवश्यकता अनुरुप ६ महिनादेखि २ वर्षसम्म राखेर उपचार तथा परामर्श दिइने गण्डकीका युवा खेलकुद तथा सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले जानकारी दिए ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका वा पालिकाहरुको सिफारिसको आधारमा केन्द्रमा महिलाहरुलाई आश्रय दिइने छ । त्यहाँ रहँदा महिलाहरुले मनोसामाजिक परामर्शसहित कानूनी सहायतासमेत पाउने छन् । केन्द्रमा आश्रित बालबालिका राख्ने, पढ्न पाउनेलगायतका सुविधाहरु पनि रहेको उनले बताए ।
पुनस्र्थापना केन्द्र संचालन कार्यविधि २०८२ तयार गरिएको बताउँदै मन्त्री थापाले हिंसापीडितलाई उचित मनोसामाजिक परामर्श दिनु, संरक्षण गर्नु तथा समाजमा पुनस्र्थापना गराउनु नै केन्द्रको लक्ष्य भएको प्रष्ट्याए ।
पुनस्र्थापना केन्द्र पोखरा ३३, पुष्पबस्तीमा रहेको छ । केन्द्रको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । गण्डकी प्रदेश सरकारको ७० र पोखरा महानगरपालिकाको ३० प्रतिशतको लागतमा पुनस्र्थापना केन्द्रको भवन बनेको हो ।
पुनस्र्थापना केन्द्र संचालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबीच समझदारी भएतापनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो । मन्त्री थापाका अनुसार त्यहाँ ४० देखि ५० जनालाई आश्रय दिन सकिन्छ । प्रदेश सरकारको तर्फबाट २ करोड लगानी भएको उनको भनाइ छ ।
दीर्घकालीन संचालनको लागि पनि सोही अनुरुप सोझेदारी हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
मुख्यमन्त्री पाण्डेका अनुसार महिला हिंसा अन्त्यका लागि प्रदेश सरकारले ८५ वटै पालिकामा न्यायिक सहजकर्ता पठाएको छ । आत्महत्या दर शून्यमा झार्ने लक्ष्यसहित प्रदेश सरकार लागिरहेको र हिंसापीडतलाई प
प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्दै न्याय दिलाउने पनि बताए ।
कोपिला नेपालकी बिना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षणका निम्ति यो घरले ठूलो योगदान गर्ने बताइन् ।





