शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सरकार र यातायात व्यवसायीबीच वार्ता निष्कर्षविहीन, भोलि फेरि हुने !

सरकार र यातायात व्यवसायीबीच वार्ता निष्कर्षविहीन, भोलि फेरि हुने !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८२, सोमबार

काठमाडौं / सार्वजनिक यातायात नै ठप्प पारेर आन्दोलनमा उत्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीचको आजको वार्ता निष्कर्षविहीन भएको छ । ६ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा भने सहमति जुट्न सकेन ।

‘आजको दुई चरणको वार्तामा कुनै सहमति बन्न सकेन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने, ‘अर्को वार्ता भोलि बिहान साढे १० मा बस्ने कुरा भएको छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच आज दुई चरणमा वार्ता भएको थियो ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएपछि यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा छन् । गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ भने सोमबारदेखि यातायात व्यवसायीले देशभर यातायात ठप्प पारेका छन् । वार्ता नटुंगिएकाले बन्दका कार्यक्रमबारे थप निर्णय नभएको अध्यक्ष स्वाँरले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->