तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वी राजमार्गको सडक खण्डमा बस र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा थर्पुबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ९३९९ न. को बस र बिपरीत दिशाबाट जाँदै गरेको ग १७ प ५१४६ न.को मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पौैडेललाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको मा उपचारका क्रममा ३ बजेर ५० मिनेटको सयमा उनको मृत्यु भएको थियो । बस चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–१० का ३४ वर्षीय तारापति शर्मालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको तनहुँ प्रहरीका सूचना अधिकारी एवं डिएसपी अशोक थापाले बताए ।





