शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

वाइसीएलको अध्यक्षमा सर्वसम्मत भए पुष्प ओली

वाइसीएलको अध्यक्षमा सर्वसम्मत भए पुष्प ओली


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

काठमाडौं / नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । संगठनको महासचिवमा गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले जानकारी दिए ।

२०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए । २०५९ बाट पार्टीको पूर्णकालीन सदस्य भए । ‘ढाडमा टेकेर टाउको’मा हान्ने पार्टीको प्रत्याक्रमण रणनीतिक योजना अन्तर्गत उनी २०६१ मा गण्डक क्षेत्रमा सरुवा भएका थिए ।

२०६१ माघ १९ मा शाही सरकारले गराएको नगर निर्वाचन बिफल पार्नेक्रममा आन्तरिक बम विस्फोटनमा गम्भीर घाइते भएका थिए । २०६३ मा झक्कु सुवेदीसँगै जिल्ला समिति सदस्य भएर काठमाडौँ सरुवा भए । २०६३ सालमा भक्तपुर वाईसीएल सचिवालय सदस्य भए । २०७४ सालमा रामप्रसाद सापकोटा वाईसीएलको अध्यक्ष हुँदा उनी सचिव रहेका थिए । २०७९ सालमा उपमहासचिव तथा प्रचार विभाग प्रमुख भएका थिए ।

आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो । बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो ।

वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जना आकांक्षी थिए । पछिल्लो पटक केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामीबीच सहमति जुटाउन नेताहरू लागेका थिए ।अध्यक्ष प्रचण्डसहितको छलफलपछि ओलीको नाममा सहमति जुटेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->