शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ज्येष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थयात्रा

ज्येष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थयात्रा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८२, शनिबार

पोखरा/ पोखरा–१७ ले वडाभित्रका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना ज्येष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो ।

दुईवटा वसमार्पmत एकदिने तिर्थयात्रामा निस्केका उनीहरुलाई वडाअध्यक्ष राधिका शाही योगीले वडा कार्यालयमा खादा लगाएर विदाई गरेकी थिइन् । उनका अनुसार ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै अग्रजमा रहेको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति प्रत्येक परिवारले श्रद्धा, आदर तथा सद्भाव सहितको व्यवहार गर्नु अपरिहार्य छ ।

स्थानीय तहले नागरिकको जीवनयापनमा समस्या देखेमा निजको सन्तान वा हकवालाको आयश्रोतवाट केही प्रतिशत कटौती गरि सम्वन्धित व्यक्तिको खातामा जम्मा गर्ने संवैधानिक निती रहेको उनले जनाइन् । वडा सदस्यहरु विक्रम गुरुङ, विष्णुमाया थापा र तारा सेवा एवम् सुचना अधिकृत रुद्र थापा मगर र प्राविधिक हरिहर खड्काले तीर्थयात्रामा सहभागिलाई सेवा गरेका थिए ।
वडा कार्यालयले ज्येष्ठ नागरिकको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ । यसअघि पनि चितवनको देवघाट र नवलपुरको मौलाकालीकाको तिर्थयात्रा सम्पन्न गर्नुको साथै वडा भित्रका दिवासेवा केन्द्रलाई समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->