शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा बीच सडकमा युवकको शव फेला

पोखरामा बीच सडकमा युवकको शव फेला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८२, सोमबार

पोखरा/ पोखरा महानगरपालिका– १५ स्थित वन क्याम्पसको पर्खालसंग जोडिएको सडकमा सोमबार सबेरै एक पुरूषको शव भेटिएको छ ।अन्दाजी ३०–३५ वर्षको देखिने शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शवको छेउमा हथौडासमेत भेटिएको छ । शवको शरिरमा चोटपटक पनि रहेको र पोष्टमार्टमको रिपोर्ट नआइन्जेल हत्या वा अन्य कुनै दुर्घटना हो भन्ने कुरा नखुल्ने कास्की जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए । सडकमा विहानै शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->