बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रदेश सभामा महतले गाए गीत, ‘मेरो मायालुलाई कति पर्यो पिर पनि, ठाडो छैन शिर पनि’

प्रदेश सभामा महतले गाए गीत, ‘मेरो मायालुलाई कति पर्यो पिर पनि, ठाडो छैन शिर पनि’


  • ढाेरपाटन संवाददाता
  • असार ९ २०८२, सोमबार

पोखरा/  गण्डकी प्रदेश सभामा एमाले सांसद श्यामराजा महतको बोल्ने शैली अन्य सांसदको भन्दा फरक हुन्छ । शुन्य समयमा बाहेक अन्य विषयमा बोल्दा उनले एकदुईवटा गीतका टुक्का सुनाइ हाल्छन् । यसले प्रदेश सभामा एकप्रकारको रौनक नै देखिन्छ ।

सोमबार भौतिक मन्त्रालयको बजेटसम्बन्धि छलफलमा भाग लिने क्रममा पनि उनले ३ वटा गीतका टुक्का सुनाए । बजेटप्रति असन्तुष्टिको संकेतका रुपमा उनले गीत गाएका थिए । एउटा गीत यस्तो थियो, ‘मेरो मायालुलाई कति पर्यो पिर पनि, ठाडो छैन शिर पनि ।’
सरकारले ल्याएको बजेट निर्वाचन क्षेत्रको आवस्यकतालाई भन्दा पहुँच र दवावमा आएको उनको भाव थियाे । आफ्नो निर्वाचन क्षेत्रमा जाँदा नामर्द भनेको र त्यसलाई चिर्न मेरो जति बजेट अरुकोमा परेको छैन भन्दै हिड्नु परेको गुनासो गरे । । आफ्नो निर्वाचन क्षेत्रमा ४/ ५ करोड बजेट परेको उनको भनाई थियो ।

उनले सांसद विकास कोष खारेज गरे पनि प्रदेश सरकारले घुमाउरो तरीकाले सांसदको सिफारिशमा ५०/५० लाखका योजना बजेटमा राखिएको खुलासा गरे । ‘बजेटले सांसद विकास कोष नभने पनि सांसदले मागेको योजनामा बजेट विनियोजन भएको छ’, उनले भने, ‘पत्रकारले लेख्न र मुद्धा हाल्ने बाटोमात्र रोकिएको छ ।’

उनले अरु गीतका टुक्का पनि सुनाए– त्यसै मेरो उडेको मन झन मायाले घरबारे नभन ।
हृदयको घाउ सन्चो भाछैन, बोलाउँदा पनि बोल्न मन लाछैन

बजेट बनाउने बेला अर्थमन्त्रीलाई भेट्न जादा फकाईएको प्रसंग उल्लेख गर्दै महतले के गोप्य हाेला भन्ने लागेको सुनाए । ‘आखिर नशा पानी भित्र गोप्य रुपमा खाए पनि बाहिर देखिन्छ’, उनले भने, ‘जति गोप्य भए पनि बजेटको अवस्था कितावमा छरपस्ट भएको देखियो । भनिरहन जरुरी भएन् ।’ कुनै बेला कसैलाई गाली गर्नुपर्यो भने तलाई मन्त्री हुन परोस् भनिन्थ्यो त्यस्तो अवस्था नआओस् भन्ने उनले कामना गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->