बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ढोरपाटन जीप दुर्घटनाका घाइतेकाे उपचारमा लगनपछिको पोते नहोस– दीलमाया पौवी

ढोरपाटन जीप दुर्घटनाका घाइतेकाे उपचारमा लगनपछिको पोते नहोस– दीलमाया पौवी


  • ढाेरपाटन संवाददाता
  • असार ९ २०८२, सोमबार

पोखरा / गण्डकी प्रदेशमा कांग्रेस सांसद दीलमाया पौविले यही जेठ ३० गते बागलुङको ढोरपाटन नगरपालिका–५ मा भएको जीप दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रदेश सभाको आजको बैठकमा शुन्य समयमा बोल्दै सांसद पौविले उक्त दुर्घटनामा ५ जनाको ज्यान गएको र अझै केही घाईतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइन् । ‘घाइते जीवन मरणको दोसाँधमा उपचाररत छन्’, उनले भनिन्, ‘उपचारकै क्रममा आइतबार एक घाइतेको मृत्यु भयो । घाइतेको उपचारमा लगन पछिको पोते नहोस् । घाइतेको उचित उपचार गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

शुन्य समयमा एमाले सांसद गणेशमान गुरुङले फेवाताल वरपर पोल गाड्ने काम भइरहकोमा केही फरक परेको दावी गरे । उनले विशेष गरी सेदी क्षेत्रमा पुण्यप्रसाद पौडेल र विश्वप्रकाश लामिछानेको प्रतिवेदन विपरीत पोल गाडिएको भन्दै कसैप्रति पनि विभेद नगर्न भने । एमालेकै श्यामराजा महतले शुन्य समयमा बोलेका कुराको सुनुवाई नहुँदा बोल्नुको कुनै भ्यालु नभएको बताए । ‘सुनुवाई हुने होकी होइन त्यसै बोलीराख्ने होकी के हो’ उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->