१६ वटा हिमालको रोयल्टी लिने टिकटको आम्दानी समेत भएको संस्थाले भूमिकर नतिरेको अवस्था छ । नक्सापास छैन अख्तियारमा मुद्धा छ सरकारको तर्फबाट रकम विनियोज अघिल्लो वर्षपनि भए तर, ति रकम फ्रिज भए यस पटक वन मन्त्रालयले २ करोड रुपैयाँ विनियोजन गरि बोटानिकल गार्डेन बनाउने जिम्मा दिएको छ यस सन्दर्भमा म ध्यानाकर्षण गराउन चाहान्छु ।
पोखरा / गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले पोखरा १७ मा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालायले स्थानीयलाई दुःख दिदैँ द्धन्द्ध बढाउने काम गरेको बताएका छन् ।
नेकपा एमालेका सांसद कार्कीले गण्डकी प्रदेशसभाको शुन्य समयमा बोल्दै स्थानीयसँग सहकार्य गर्नका लागि ध्यानाकर्षण गराएका हुन । उनले १६ वटा हिमालको रोयल्टि लिदैँ आएको र टिकटबाट समेत आम्दानी गर्ने गरेपनि भूमिकर नगरेको र नक्सापास समेत नरहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्धा रहेकाले प्रदेशको वन मन्त्रालयले विनियोजन गरेको २ करोड रुपैयाँको योजनामा स्थानीयलाई समेटनुपर्ने धारणा राखे । ‘पोखरा १७ रातो पहिरोमा अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय छ । संग्राहलयको व्यवस्थापन पक्षले स्थानीय टोलविकास संस्था, विद्यालय, आमा समूहहरु र स्थानीय जनप्रतिनिधिसँग सरोकार नराख्ने, द्धन्द्ध बढाउने, सहकार्य नगर्ने, मुद्धा हाल्ने दुःख दिने जस्ता व्यापक गुनासोहरु छन् ।
१६ वटा हिमालको रोयल्टी लिने टिकटको आम्दानी समेत भएको संस्थाले भूमिकर नतिरेको अवस्था छ । नक्सापास छैन अख्तियारमा मुद्धा छ सरकारको तर्फबाट रकम विनियोज अघिल्लो वर्षपनि भए तर, ति रकम फ्रिज भए यस पटक वन मन्त्रालयले २ करोड रुपैयाँ विनियोजन गरि बोटानिकल गार्डेन बनाउने जिम्मा दिएको छ यस सन्दर्भमा म ध्यानाकर्षण गराउन चाहान्छु । बजेटको सफल कार्यान्वयन र स्थानीय सँग मिलेर काम गर्न सभामुत मार्फत म ध्यानाकर्षण गराउन चाहान्छु ।’





