पाेख रा / गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले सांसदमा कविता भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटमा समभाव नराखेको बताएकी छन् ।
राप्रपाकी सांसद पौडेलले मुख्यमन्त्रीलाई उनका सल्लाहकार र सहयोगिले गतिलो सल्लाह नदिदाँ समस्या आएको सुनाउँदै प्रदेशको दुर्गम क्षेत्रहरुलाई बजेटले नसमेटेको बताइन् ।
‘सरकारको अभिभावकको रुपमा मुख्य मन्त्रीलाई मेरो अनुरोध छ, अहिले गण्डकीको बजेट शिसिर योगीले गाउनुभएको कविता जस्तै भएको छ । टिकाराम शर्माको शब्द र शिसिर योगीको सुरमा गाएको कविता मलाइ चार लाइन भन्नै मन लाग्यो,’ भन्दै उनले कविता सुनाएकी हुन् ।
नेताको नकटो लुकाइ रहने, जति छन गम्छाहरु
साचोँ भन्दछु देशको जहर हुन झोले र चम्चाहरु
जस्ता छन् जनता उही तरहका नेता हुने हुन अरे
नेता योग्य भए भनेत जनता झन योग्य हुन्छन अरे
खै के भो किन चल्दछन मुलकमा छक्का र पञ्जाहरु
साचोँ भन्दछु देशका जहर हुन झोले र चम्चाहरु
केन्द्रमा पनि जिम्मेवार सम्हालेर आइसकेका मुख्यमन्त्रीले पटक पटक भनेको कुरा स्मरण गराउँदै दृष्टि नभएको उनले बताइन । ‘माननिय मुख्यमन्त्री ज्यु समग्र गण्डकी प्रदेशको अभिभावक बन्नु पथ्र्यो तर, बजेट हेर्दा उहाँ सीमित क्षेत्रको मात्र अभिभावक हुनुभएको मैले महसुस गरेको छु ।
उहाँ आफैमा नियत र दृष्टिकोण सफा भएको मान्छे भनेर हेर्ने गर्थे तर, अहिले बजेटको सन्दर्भमा उहाँको भूमिका अपेक्षा अनुसारको नभएको महसुस गरेको छु । यसमा मुख्यमन्त्री कहाँ कसरी र किन चुक्नुभयो । सबै माननियहरुलाई समभावको नजरले हेर्नु भएन ? आफुले बजेट नपाउँदाको आक्रोश र आपत्ति नभइ प्रदेशको दुर्गम क्षेत्रमा विकासका योजनालाई बजेटले समेट्न नसकेको बताइन् । त्यसतर्फ मुख्यमन्त्रीको ध्यान गएन भन्ने मलाइ लाग्छ । आफुहरुले व्यक्तिगत सम्पत्ति माग्न नगएको र भन्नेले भनिरहने र सुन्नेले सुनिरहने भए माननिय भएर सुझाब दिनुको कुनै अर्थ नभएको उनले बताइन् ।





