बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पत्रकार महासंघ कास्कीको निशुल्क आँखा जाँच शिविर सम्पन्न 

पत्रकार महासंघ कास्कीको निशुल्क आँखा जाँच शिविर सम्पन्न 


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८२, बिहिबार

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की, हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा १५२ जना पत्रकार, सञ्चारकर्मी एवम स्थानियले लाभ लिएका छन् ।

शिविरमा बोल्दै नेपाल नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारले जुनसुकै संचारमाध्यममा काम गरेपनि सबै भन्दावढी प्रभाव आँखालाई पर्ने बताए । उनले पत्रकारको आँखा सुरक्षित राख्न नेत्र ज्योति संघले सहयोग गरेकोमा धन्यवाद दिए ।

नेपाल नेत्र ज्योती संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापा मगरले नेपालमा आँखा उपचारमा अब्बल रहेको बताउदै अन्य रोगको उपचार गर्न नागरिक विदेश गए जस्तै आँखा उपचार गर्न विदेशी नेपाल आउने गरेको बताए । पत्रकारको आँखामा केही समस्या भएमा हिमालय आँखा अस्पातालले पत्रकार महासंघको सिफारिसमा अवस्था हेरेर उपचारमा सहयोग गने बताए । शिविरमा हिमालय आँखा अस्पतालका प्रशासकिय अधिकृत कुमार गर्बजा, नेत्र अधिकृत गोविन्दनाथ योगी सहित ९ जनाको टोली सहभागी थियो । नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव भुपाल गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->