बागलुङ/सवारी ज्यान तथा अंगभंग कसुर मुद्धाका फरार व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । साविकको भकुण्डे गा.वि.स वडा नम्बर ९ हालको बागलुङ नगरपालिका १० का ४७ वर्षका हेमन्त बहादुर शाहीलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।
२०६१ साल चैत २ गते सवारी ज्यान तथा अंगभंग कसुर मुद्धामा पर्वत जिल्ला अदालतले ८ वर्ष ११ महिना १३ दिन कैद र ९ हजार रुपैयाँ जरिवाना तोकेको थियो । २१ वर्षपछि पक्राउ परेका शाहीलाई बागलुङ जिल्ला अदालतमा हाजिर गराइ कारागार लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलुवालले जानकारी दिए ।





