आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रहेनन् सादगी नेता पूर्व सांसद ‘गोविन्द बा’

रहेनन् सादगी नेता पूर्व सांसद ‘गोविन्द बा’


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८२, आइतबार

बागलुङ/नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका पूर्व सांसद गोविन्द प्रसाद शर्मा कँडेलको आइतबार बिहान निधन भएको छ । स्वास्थ्य परिक्षणका लागि चितवनस्थित छोरीको घरबाट काठमाडौं जाने तयारी गर्दैगर्दा आईतवार विहान उनको निधन भएको परिवारले जनाएको छ । उनलाई बागलुङवासीले ‘गोविन्द बा’ भनेर सम्बोधन गर्थे ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रुपमा परिचित थिए । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति हुन् । २०४६ सालको आन्दोलनका क्रममा जेल परेका कँडेल बहुदल पछि पार्टी सभापति र सांसद बनेका थिए ।

१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँकोटमा जन्मिएका कँडेलको सव आइतवार नै जन्मस्थल बिहु ल्याउने र सोमबार अन्त्येष्टी गरिने छोरा नविन कँडेलले जानकारी दिए। स्वर्गीय कँडेलकी धर्मपत्नी विष्णुदेवी कँडेलको २ वर्ष पहिला निधन भएको थियो । कँडेलका २ छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->