बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हत्याको २५ वर्षपछि २ अभियुक्त पक्राउ

हत्याको २५ वर्षपछि २ अभियुक्त पक्राउ


  • ढाेरपाटन संवाददाता
  • असार २२ २०८२, आइतबार

पोखरा/ बन्चरो प्रहारबाट हत्या गरी फरार भएका २ अभियुक्तलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढा रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले आज (असार २२) काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जनाएका छन् । पक्राउ दुवैजनालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ ।

प्रहरीका अनुसार २०५७ साल कात्तिक २८ गतेका दिन धौलागिरी–३ बस्ने (तत्कालिन अवस्थामा २४ वर्षका) गर्बे पाइजा मगरलाई घरको पिंढीमा बाँधेर घरेलु हतियार बन्चरो प्रहारबाट हत्या गरी बु्ढाद्वय फरार रहेका थिए । म्याग्दी जिल्ला अदालतले २०६६ असोज २६ गते दुर्गानारायणलाई २० वर्ष कैद सजाय तोकेको थियो भने सोही अदालतले २०५९ फागुन २५ मा  पर्सबहादुरलाई पनि २० वर्ष कैद सजाय तोकेकाे थियो ।
हत्यापश्चात् दुवैजना फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->