आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सहसम्पादक आचार्यलाई नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार

सहसम्पादक आचार्यलाई नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८२, बुधबार

बागलुङ/ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । लामो समयदेखि बागलुङमा बसेर पत्रकारिता गरेको भन्दै आचार्यलाई पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघ, बागलुङका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र गौतमकी धर्मपत्नि पिम्ला गौतमले आफ्ना बाबुआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार कोषबाट महासंघले उक्त पुरस्कार दिएको हो । पुरस्कार छनौट समितिले उनको नाम सिफारिस गरेपछि महासंघले बुधवार आयोजित कार्यक्रममा नगद पुरस्कार र सम्मानपत्र समेत प्रदान गरिएको हो ।

संस्थापक गौतमसहित नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पुरस्कार प्रदान गरेकी थिइन् । उनले पत्रकारहरु व्यवसायिक बन्न सकेमा नागरिकले विश्वास गर्ने भन्दै लेखन क्षेत्रलाई तिखारेर जान सकेमा समाजको नजरमा पत्रकार सम्मानित बन्ने बताइन् । उक्त पुरस्कारबाट अन्य दुइजना पत्रकार प्रकाश बराल र प्रदिप पन्त पनि पुरस्कृत भएका छन् । पुरस्कारको राशी नगद रु. २० हजार र सम्मान पत्र रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->